ओलीले ८० प्रतिशत मत पाएर महाधिवेशन जित्ने आँकलन

काठमाडौं, १ पुस । नेकपा (एमाले) का ११औं राष्ट्रिय महाधिवेशन गत मंसिर २७ गतेदेखि जारी रहेको छ । महाधिवेशनले पदाधिकारीसहित नयाँ केन्द्रीय कमिटी चुन्ने छ । यसपटकको महाधिवेशनमा अध्यक्षमा केपी शर्मा अ‍ोली र ईश्वर पोखरेलले प्यानल नै खडा गरेर अगाडि बढेका छन् । एमाले पोलिटव्युरो सदस्यसमेत रहेका महेश बस्नेत भने यसपटकका महाधिवेशन ओलीले र उनको समूहले जित्ने दाबी गर्छन् ।

बस्नेतका अनुसार ओलीले ८० प्रतिशत मत पाएर महाधिवेशनमा जित हाँसिल गर्ने र यदि एमालेमा भूकम्प नै गएको खण्डमा ७० प्रतिशत मत पाउने दाबी गर्छन् । उनले ओलीपछिका ‘म्यान अफ द इलेक्सन’ भएर सचिव पदमा आफूले चुनाव जित्ने पनि दाबी गरे ।

केपी शर्मा ओलीले ८० प्रतिशत मत पाएर जित्नुहुन्छ । त्यो अंक गणित छ । यदि एमालेभित्र रातारात महाभूकम्प गयो भने पनि ७० प्रतिशतले जित्नुहुन्छ । विगतको अनुभव के छ भने–केपी ओलीसँग निकट भएका शंकर पोखरेल, भानुभक्त ढकाल, महेश बस्नेतलगायतका व्यक्तिहरुलाई घेराबन्दी विगतमा पनि भएकै हो । अघिल्लो चुनावमा पनि हामीलाई त्यसैगरी हराए । अनेकखालका शक्ति लागेर । निश्चित रुपमा केपी ओलीलाई हराउन सकिँदैन । त्यसपछिको टार्गेटमा हामी त छौं नै । तर, जतिसुकै टार्गेटमा भए पनि ८० प्रतिशत भएको मान्छे र २० प्रतिशत भएको मान्छे कस्तो हुन्छ भने मानोमा पाथी हाल्दा पोखिन्छ । जतिसुकै टार्गेट गरे पनि महासचिव लगायतका केपी शर्मा ओलीको टिममा उठेका आधिकांशले जित्छन्,’– प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै नेता बस्नेतले भने ।

उनले एमालेका महाधिवेशन प्रतिनिधिहरु सुझबुझ भएका रहेको रहेको उनले बताए । एमालेका महाधिवेशन प्रतिनिधिहरुले अनुहार, गेटअप र मेकअप हेरेर भोट नहाल्ने उनको दाबी छ । उनीहरुले नीति, सिद्धान्त, विचार हेरेर ओलीको सशक्त टिमलाई विजयी गराउने नेता बस्नेतले बताए । ‘केपी ओली पछाडिको ‘म्यान अफ द इलेक्सन’ हुने मान्छे नै महेश बस्नेत जस्तो लाग्छ,’– उनले भने ।

  • Related Posts

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न

    ‘बैशाख एक झापा नाटक घरमा भेट’ भन्ने स्लोगन का साथ नव वर्ष २०८३ को पहिलो दिन क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा झापा नाटक घर बिर्तामोड झापामा एउटा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न…

    निशुल्क एक दिने शिविर संम्पन्न

    अजेन्द्र वाइबा तामाङ चैत २८ पाँचथर फिदिम नगरपालिकाको आयोजनामा तथा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी प्रा.लि., विराटनगरको प्राविधिक सहयोगमा टाउको, नसा तथा मुटुरोग सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न