लेटाङले दमकलाई सेमिफाइनलबाट टिकट कटायो, निरज परियार ‘म्यान अफ द म्याच’

राज याख्खा,

१८औँ आमन्त्रित अन्तर्राष्ट्रिय आत्मनन्द गोल्डकप २०८२ अन्तर्गत सेमीफाइनलको अन्तिम खेलमा लेटाङ फुटबल क्लबले दमक भाङबारी स्पोर्टिङ क्लबलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको छ। मङ्सिर ७ गतेदेखि सुरु गरिएको यस प्रतिस्पर्धाको अन्तिम सेमीफाइनल आज अत्यन्तै रोमाञ्चक तथा प्रतिस्पर्धात्मक माहोलमा सम्पन्न भएको हो।

खेलको २२औँ मिनेटमा लेटाङका निरज परियारले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। मैदानमा चर्को प्रतिस्पर्धा चलिरहँदा दमक भाङबारीका विदेशी खेलाडी रिजार्ड विल्सनले खेलको ५१औँ मिनेटमा बराबरी गोल फर्काउँदै खेललाई थप रोमाञ्चक बनाएका थिए। बराबरीमा रोकिएको खेल पुनः तनाबपूर्ण रुपमा अघि बढ्दै गर्दा ६७औँ मिनेटमा लेटाङले पाएको पेनल्टीलाई निरज परियारले नै गोलमा परिणत गर्दै दुई गोलका साथ टिमलाई फाइनलको ढोका खोलिदिए।

उत्कृष्ट प्रदर्शनका आधारमा लेटाङ फुटबल क्लबका निरज परियार ‘म्यान अफ द म्याच’ घोषित भए। उनको दुई गोलले टिमलाई फाइनल यात्रा तय गर्न मद्दत गरेको हो।

मङ्सिर १७ मा हुने निर्णायक फाइनल खेलका लागि लेटाङ फुटबल क्लब उच्च मनोबलका साथ तयारीमा जुटेको टिम कोच इन्द्र राई ज्यूले बताइएको छ। प्रतियोगिता २०८२ मङ्सिर ७ गतेदेखि सुरु भई स्थानीय फुटबल प्रेमीहरूका लागि आकर्षणको केन्द्र बनेको छ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट