लेटाङले दमकलाई सेमिफाइनलबाट टिकट कटायो, निरज परियार ‘म्यान अफ द म्याच’

राज याख्खा,

१८औँ आमन्त्रित अन्तर्राष्ट्रिय आत्मनन्द गोल्डकप २०८२ अन्तर्गत सेमीफाइनलको अन्तिम खेलमा लेटाङ फुटबल क्लबले दमक भाङबारी स्पोर्टिङ क्लबलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको छ। मङ्सिर ७ गतेदेखि सुरु गरिएको यस प्रतिस्पर्धाको अन्तिम सेमीफाइनल आज अत्यन्तै रोमाञ्चक तथा प्रतिस्पर्धात्मक माहोलमा सम्पन्न भएको हो।

खेलको २२औँ मिनेटमा लेटाङका निरज परियारले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। मैदानमा चर्को प्रतिस्पर्धा चलिरहँदा दमक भाङबारीका विदेशी खेलाडी रिजार्ड विल्सनले खेलको ५१औँ मिनेटमा बराबरी गोल फर्काउँदै खेललाई थप रोमाञ्चक बनाएका थिए। बराबरीमा रोकिएको खेल पुनः तनाबपूर्ण रुपमा अघि बढ्दै गर्दा ६७औँ मिनेटमा लेटाङले पाएको पेनल्टीलाई निरज परियारले नै गोलमा परिणत गर्दै दुई गोलका साथ टिमलाई फाइनलको ढोका खोलिदिए।

उत्कृष्ट प्रदर्शनका आधारमा लेटाङ फुटबल क्लबका निरज परियार ‘म्यान अफ द म्याच’ घोषित भए। उनको दुई गोलले टिमलाई फाइनल यात्रा तय गर्न मद्दत गरेको हो।

मङ्सिर १७ मा हुने निर्णायक फाइनल खेलका लागि लेटाङ फुटबल क्लब उच्च मनोबलका साथ तयारीमा जुटेको टिम कोच इन्द्र राई ज्यूले बताइएको छ। प्रतियोगिता २०८२ मङ्सिर ७ गतेदेखि सुरु भई स्थानीय फुटबल प्रेमीहरूका लागि आकर्षणको केन्द्र बनेको छ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु