१८औं आत्मानन्द गोल्डकप २०८२ : दुधे युथ क्लब झापाको शानदार जीत, कन्चनजङ्गा एफसी सिलगुडी भारत ७–२ ले पराजित

राज याक्खा,

इलामको माङ्सेबुङमा जारी १८औं अन्तर्राष्ट्रिय आमन्त्रित आत्मानन्द गोल्डकप २०८२ अन्तर्गत आज क्वाटर फाइनलको तेस्रो खेल दुधे युथ क्लब झापा र कन्चनजङ्गा फुटबल क्लब सिलगुडी भारतबीच सम्पन्न भयो। खेलमा दुधे युथ क्लबले उत्कृष्ट प्रदर्शन गर्दै कन्चनजङ्गा एफसीलाई ७–२ गोल अन्तरले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ।

खेल सुरु भएको १३औँ मिनेटमै प्रदिप बुढाथोकीले पहिलो गोल गर्दै दुधेलाई अग्रता दिलाएका थिए। त्यसपछि २३औँ मिनेटमा पनि बुढाथोकीले दोस्रो गोल गर्दै स्कोर दोब्बर बनाए। खेलको २७औँ मिनेटमा निमा तामाङले तेस्रो गोल थपे भने ३४औँ मिनेटमा उनले नै पुनः अर्को गोल गर्दै दुधे युथ क्लबलाई मजबुत स्थिति बनाइदिए। तामाङले ५५औँ मिनेटमा व्यक्तिगत तेस्रो गोल गरी ह्याट्रिक पूरा गरे।

त्यसैगरी प्रदिप बुढाथोकीले ५९औँ मिनेटमा आजको आफ्नो तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलको ६४औँ मिनेटमा संजोग मगरले अर्को गोल थपेपछि दुधे युथ क्लबको गोल संख्या ७ पुगेको थियो।

भारतको कन्चनजङ्गा एफसीका तर्फबाट पूजन सुब्बाले ६१औँ मिनेटमा पहिलो गोल गरेका थिए भने आशिष ठकुरीले ७६औँ मिनेटमा अर्को गोल थपे। खेलको २१औँ मिनेटमा कन्चनजङ्गाका खेलाडी कुनाल गुरुङले येलो कार्ड प्राप्त गरेका थिए।

आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेका दुधे युथ क्लबका निमा तामाङ् ‘म्यान अफ द म्याच’ घोषित भए। अघिल्लो वर्षको आत्मानन्द गोल्डकपका च्याम्पियन समेत रहेका दुधे युथ क्लबले यस पटक पनि उपाधि बचाउने अभियानलाई सशक्त बनाएको देखिन्छ।

प्रतियोगिता यही २०८२ साल मंसिर ७ गतेदेखि सञ्चालन भइरहेको थियो भने फाइनल खेल मंसिर १७ गते हुने आयोजकले जनाएको छ। भोलिको खेलमा युथ अफ माङ्सेबुङ र दमक भाङबारी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

  • Related Posts

    पाँचथरको फिदिममा श्रम संस्कृती पार्टी द्वारा बृहत् श्रमदान

    अजेन्द्र वाईबा तामाङ भदौ ६, पाँचथर श्रम संस्कृति पार्टी पाँचथरले फिदिम नगरपालिका वडा नं. १, २ र ४ को संयुक्त आयोजनामा शनिबार श्रमदान कार्यक्रम गरेको छ। ‘आफ्नो गाउँ आफैँ बनाऔँ’…

    सडक सेवाबाट उद्वव प्रसाद अधिकारीको बिदाइ

    अजेन्द्र वाईबा तामाङ भदौ ४,इलाम सडक विभागअन्तर्गत विभिन्न योजना तथा कार्यालयमा तीन दशकभन्दा लामो समय सेवा गर्नुभएका उद्वव प्रसाद अधिकारी सडक डिभिजन कार्यालय इलामबाट सेवाबाट बिदा हुनुभएको छ। वि.सं. २०२५…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    पाँचथरको फिदिममा श्रम संस्कृती पार्टी द्वारा बृहत् श्रमदान

    पाँचथरको फिदिममा श्रम संस्कृती पार्टी द्वारा बृहत् श्रमदान