१८औँ आत्मानन्द आमन्त्रित गोल्डकप २०८२ को दोस्रो दिन अघिल्लो वर्षका उपविजेता टिमलाई लेटाङ फुटबल क्लबको रोमाञ्चक जीत

राज याक्खा,

इलामको माङसेबुङमा जारी १८औँ आत्मानन्द आमन्त्रित गोल्डकप २०८२को दोस्रो दिन लेटाङ फुटबल क्लब र तीजोक युवा क्लबबीच भएको खेल निर्धारित समयमा ०–० गोलको बराबरीमा सकिएको थियो। खेल अत्यन्त प्रतिस्पर्धात्मक रहँदै पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टीमा लेटाङ फुटबल क्लबले तीजोक युवा क्लबलाई ५–४ गोलको अन्तरले पराजित गर्दै प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेको हो।

पछिल्लो वर्ष उपविजेता बनेको तीजोक युवा क्लब यसपटक दोस्रो दिनमै बाहिरिएको छ। लेटाङका गोलकिपर समीर क्षेत्रीले पेनाल्टीमा गरेको उत्कृष्ट बचाउका कारण आजको ‘म्यान अफ द म्याच’ घोषित भए।

समग्रमा ८ टिम सहभागी रहेको यो प्रतियोगिताको विजेताले रु. ३,०११,१७२/- पाउने छन् भने उपविजेताले रु. २११,१७२/- प्राप्त गर्ने छन्।

  • Related Posts

    पाँचथरको फिदिममा श्रम संस्कृती पार्टी द्वारा बृहत् श्रमदान

    अजेन्द्र वाईबा तामाङ भदौ ६, पाँचथर श्रम संस्कृति पार्टी पाँचथरले फिदिम नगरपालिका वडा नं. १, २ र ४ को संयुक्त आयोजनामा शनिबार श्रमदान कार्यक्रम गरेको छ। ‘आफ्नो गाउँ आफैँ बनाऔँ’…

    सडक सेवाबाट उद्वव प्रसाद अधिकारीको बिदाइ

    अजेन्द्र वाईबा तामाङ भदौ ४,इलाम सडक विभागअन्तर्गत विभिन्न योजना तथा कार्यालयमा तीन दशकभन्दा लामो समय सेवा गर्नुभएका उद्वव प्रसाद अधिकारी सडक डिभिजन कार्यालय इलामबाट सेवाबाट बिदा हुनुभएको छ। वि.सं. २०२५…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    पाँचथरको फिदिममा श्रम संस्कृती पार्टी द्वारा बृहत् श्रमदान

    पाँचथरको फिदिममा श्रम संस्कृती पार्टी द्वारा बृहत् श्रमदान