अलैंची व्यापारमा गडबडी : आयकरमा करोडौँ छली, अर्बौं रुपैयाँ हुण्डीमार्फत नेपाल भित्रिँदै

झापा, ५ मंसीर । अलैंची निर्यातमा ‘अन्डर बिलिङ’को तथ्य सार्वजनिक भएपछि आयकर छली र हुण्डीमार्फत अवैध रकम भित्रिने समस्या उजागर भएको छ। यसबाट करोडौँको आयकर छलीमात्रै नभएर अर्बौं रुपैयाँ अवैध तरिकाले हुण्डीमार्फत नेपाल भित्रिने गरेको देखिन्छ ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१–८२ मा ४ हजार ३ सय टन अलैंची निर्यात भई ७ अर्ब ६८ करोड रुपैयाँ आम्दानी भएको थियो। चालु आर्थिक वर्षको असोजसम्ममा मात्रै १ हजार ७२ टन अलैंची भारततर्फ निर्यात भई १ अर्ब ६७ करोड रुपैयाँ आम्दानी भएको छ।

किसानले प्रतिमन ९० हजारदेखि १ लाख ७ हजार रुपैयाँसम्म पाएका भए पनि भन्सारमा आधा मूल्य मात्र देखाइएको छ। व्यापारीले भारतीय पक्षले वास्तविक मूल्यको बिल स्वीकार नगर्दा कम बिलिङ गर्न बाध्य भएको बताएका छन्। तर वास्तविकतामा भारतीय व्यापारीले प्रतिमन १ लाख २० हजार रुपैयाँभन्दा बढीमा खरिद गर्ने गरेको स्वीकारोक्ति छ।

यसरी अन्डर बिलिङमार्फत आयकर छली हुने मात्र नभई प्रतिबन्धित भारतीय नोट समेत नेपाल भित्रिने गरेको नियामक निकायका अधिकारीले बताएका छन्। प्रमुख नाका झापाको काँकडभिट्टामा अवैध भारतीय नोट कारोबारमा संलग्न मुद्रा सटही काउन्टर सञ्चालक पक्राउ परेपछि यसको सम्बन्ध अलैंची व्यापारसँग जोडिएको आशंका गरिएको छ।

नेपाल विश्व अलैंची निर्यातको ६० प्रतिशत हिस्सा ओगट्छ। गत वर्ष ९९ प्रतिशत अलैंची भारततर्फ निर्यात भएको थियो। चालु आर्थिक वर्षमा भने शतप्रतिशत अलैंची भारततर्फ निर्यात भएको तथ्याङ्कले देखाउँछ।

  • Related Posts

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न

    ‘बैशाख एक झापा नाटक घरमा भेट’ भन्ने स्लोगन का साथ नव वर्ष २०८३ को पहिलो दिन क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा झापा नाटक घर बिर्तामोड झापामा एउटा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न…

    निशुल्क एक दिने शिविर संम्पन्न

    अजेन्द्र वाइबा तामाङ चैत २८ पाँचथर फिदिम नगरपालिकाको आयोजनामा तथा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी प्रा.लि., विराटनगरको प्राविधिक सहयोगमा टाउको, नसा तथा मुटुरोग सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न