झापा कारागारमा एक कैदीको मृत्यु

झापा, ५ मंसीर । झापा जिल्ला कारागारमा कैद भुक्तान गर्दै आएका एक कैदीको उपचारको क्रममा मृत्यु भएको छ।

आज बिहान ८ः०० बजे कारागारमा रहेका भारत पश्चिम बंगाल दार्जिलिङका ६१ वर्षीय कर्णबहादुर लिम्बूलाई अचानक प्रेसरको समस्या देखिएपछि उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । बिहान ८ः४० बजे उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

मृतकको शव अस्पतालमै राखिएको छ । थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतसहितको टोली खटिएको छ। मृतकको घटनाबारे आफन्तलाई जानकारी गराइएको छ ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु