झापा कारागारमा एक कैदीको मृत्यु

झापा, ५ मंसीर । झापा जिल्ला कारागारमा कैद भुक्तान गर्दै आएका एक कैदीको उपचारको क्रममा मृत्यु भएको छ।

आज बिहान ८ः०० बजे कारागारमा रहेका भारत पश्चिम बंगाल दार्जिलिङका ६१ वर्षीय कर्णबहादुर लिम्बूलाई अचानक प्रेसरको समस्या देखिएपछि उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । बिहान ८ः४० बजे उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

मृतकको शव अस्पतालमै राखिएको छ । थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतसहितको टोली खटिएको छ। मृतकको घटनाबारे आफन्तलाई जानकारी गराइएको छ ।

  • Related Posts

    विषेशः अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना

    टेक्सास । अमेरिकाको टेक्सास राज्यस्थित फोर्ट वर्थ शहरमा नेपाली स्वाद, संस्कृति र मसिनो मसलाको सुगन्ध फैलाइरहेका छन्, एक उर्जावान नेपाली युवा शेफ निश्चल ढुङ्गाना । सामान्य परिवारबाट उठेर अन्तर्राष्ट्रिय खाद्य…

    “बाटो पनि अधुरो, पानी पनि बन्द — मेहेलेका जनता प्यासै, विद्यालयसमेत संकटमा”

      ताप्लेजुङ २०८३ जेष्ठ १० ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं. ६ मेहेलेमा सडक निर्माणको नाममा भएको लापरवाहीका कारण स्थानीय बासिन्दा मात्रै होइन, विद्यालयसमेत गम्भीर खानेपानी संकटमा परेको छ। मेहेले भञ्ज्याङ…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    विषेशः अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना

    विषेशः अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना