मेची राजमार्गमा आजबाट रातको समयमा सवारी सञ्चालनमा रोक

इलाम । मेची राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । गत १८ गतेको बाढी पहिरोले सडकका विभिन्न खण्ड जोखिमयुक्त रहेकाले रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको हो ।

१३ गते (आज) देखि कार्यान्वयन हुने गरी बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभाग एवम् राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार बङ्गालको खाडीमा विकसित चक्रवात मोन्थाका कारण १३ गते दिउँसोदेखि कात्तिक १५ गते शनिबार सम्म कोशी प्रदेशको इलामसहित देशका धेरै स्थानमा मौसम प्रभावित हुने देखिएकाले सवारी सञ्चालनमा रोक लगाइएको हो ।

इलाममा यस अघिसमेत बाढीपहिरोबाट सयौँ घर विस्थापित भएका छन् । जिल्ला प्रशासनकाअनुसार गत असोज १८ गतेको बाढीकै कारण जिल्लामा ३९ जनाले ज्यान गुमाए ।

३३६ घर पूूर्णरुपमा क्षति भएका छन् । ८२८ घरमा आंशिक क्षति भएको र ११ परिवारले सामुायिक भवनमा तथा ४३८ परिवारले आफन्त र छिमेकीकोमा आश्रय लिइरहेका छन् ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु