मेची राजमार्गमा आजबाट रातको समयमा सवारी सञ्चालनमा रोक

इलाम । मेची राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । गत १८ गतेको बाढी पहिरोले सडकका विभिन्न खण्ड जोखिमयुक्त रहेकाले रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको हो ।

१३ गते (आज) देखि कार्यान्वयन हुने गरी बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभाग एवम् राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार बङ्गालको खाडीमा विकसित चक्रवात मोन्थाका कारण १३ गते दिउँसोदेखि कात्तिक १५ गते शनिबार सम्म कोशी प्रदेशको इलामसहित देशका धेरै स्थानमा मौसम प्रभावित हुने देखिएकाले सवारी सञ्चालनमा रोक लगाइएको हो ।

इलाममा यस अघिसमेत बाढीपहिरोबाट सयौँ घर विस्थापित भएका छन् । जिल्ला प्रशासनकाअनुसार गत असोज १८ गतेको बाढीकै कारण जिल्लामा ३९ जनाले ज्यान गुमाए ।

३३६ घर पूूर्णरुपमा क्षति भएका छन् । ८२८ घरमा आंशिक क्षति भएको र ११ परिवारले सामुायिक भवनमा तथा ४३८ परिवारले आफन्त र छिमेकीकोमा आश्रय लिइरहेका छन् ।

  • Related Posts

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    अजेन्द्र वाईबा तामाङ साउन ११ ,फिदिम पाँचथरको फिदिममा नेपाल पत्रकार महासंघ पाँचथरको सभाहलमा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी आज देखि सुरु भएको छ। किरात राई यायोक्खाको आयोजनामा तथा नेपाल आदिवासी…

    पाँचथरमा नौमती बाजा सहित बेठि उत्सब मनाए

    अजेन्द्र वाईबा तामाङ साउन ९ ,पाँचथर पाँचथरको फिदिम नगरपालिका–५ मा शनिबार परम्परागत बेठी उत्साहपूर्वक मनाइएको छ। स्थानीय लक्ष्मीप्रसाद चापागाईँको धान रोपाइँलाई सामूहिक श्रम र सांस्कृतिक उत्सवका रूपमा रूपान्तरण गर्दै परिवार,…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु