तौलिहवामा बस दुर्घटना: एकको मृत्यु, पाँच घाइते

कपिलवस्तु, १३ कात्तिक । जिल्लाको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा गएराति यात्रुबाहक बस दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ भने पाँच जना यात्रु घाइते भएका छन्।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार, बुधबार राति करिब २ बजे काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नम्बरको बसले बाटो क्रस गर्दै गरेका एक पैदलयात्रीलाई ठक्कर दिँदा अनियन्त्रित भई सडकमा पल्टिएको थियो। करिब ५०–५५ वर्ष उमेरका ती पैदलयात्रीको घटनास्थलनजिकै मृत्यु भएको हो। उपचारका लागि आधारभूत अस्पताल चन्द्रौटा पुर्‍याइए पनि चिकित्सकले बिहान ३ बजे मृत घोषित गरेका थिए।

बसमा सवार पाँच जना यात्रु घाइते भएका छन्। उनीहरूको चन्द्रौटास्थित सञ्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। घाइते हुने यात्रुहरू निम्न छन्:
जग्गुराम दगौरा (४३ वर्ष) — बेदकोट नगरपालिका–७, कञ्चनपुर
टेकेन्द्र खत्री (४५ वर्ष) — बुढानिलकण्ठ नगरपालिका–६, काठमाडौँ
भरत नाथ (२४ वर्ष) — भिमदत्त नगरपालिका–१०, कञ्चनपुर
भिम बहादुर चौधरी (३६ वर्ष) — लालघारी गाउँपालिका–१, कञ्चनपुर
रितु लोहार (१४ वर्ष) — गुलरिया नगरपालिका–४, कञ्चनपुर

बसमा करिब ३५ जना यात्रु सवार थिए। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

  • Related Posts

    विषेशः अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना

    टेक्सास । अमेरिकाको टेक्सास राज्यस्थित फोर्ट वर्थ शहरमा नेपाली स्वाद, संस्कृति र मसिनो मसलाको सुगन्ध फैलाइरहेका छन्, एक उर्जावान नेपाली युवा शेफ निश्चल ढुङ्गाना । सामान्य परिवारबाट उठेर अन्तर्राष्ट्रिय खाद्य…

    “बाटो पनि अधुरो, पानी पनि बन्द — मेहेलेका जनता प्यासै, विद्यालयसमेत संकटमा”

      ताप्लेजुङ २०८३ जेष्ठ १० ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं. ६ मेहेलेमा सडक निर्माणको नाममा भएको लापरवाहीका कारण स्थानीय बासिन्दा मात्रै होइन, विद्यालयसमेत गम्भीर खानेपानी संकटमा परेको छ। मेहेले भञ्ज्याङ…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    विषेशः अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना

    विषेशः अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना