तौलिहवामा बस दुर्घटना: एकको मृत्यु, पाँच घाइते

कपिलवस्तु, १३ कात्तिक । जिल्लाको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा गएराति यात्रुबाहक बस दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ भने पाँच जना यात्रु घाइते भएका छन्।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार, बुधबार राति करिब २ बजे काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नम्बरको बसले बाटो क्रस गर्दै गरेका एक पैदलयात्रीलाई ठक्कर दिँदा अनियन्त्रित भई सडकमा पल्टिएको थियो। करिब ५०–५५ वर्ष उमेरका ती पैदलयात्रीको घटनास्थलनजिकै मृत्यु भएको हो। उपचारका लागि आधारभूत अस्पताल चन्द्रौटा पुर्‍याइए पनि चिकित्सकले बिहान ३ बजे मृत घोषित गरेका थिए।

बसमा सवार पाँच जना यात्रु घाइते भएका छन्। उनीहरूको चन्द्रौटास्थित सञ्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। घाइते हुने यात्रुहरू निम्न छन्:
जग्गुराम दगौरा (४३ वर्ष) — बेदकोट नगरपालिका–७, कञ्चनपुर
टेकेन्द्र खत्री (४५ वर्ष) — बुढानिलकण्ठ नगरपालिका–६, काठमाडौँ
भरत नाथ (२४ वर्ष) — भिमदत्त नगरपालिका–१०, कञ्चनपुर
भिम बहादुर चौधरी (३६ वर्ष) — लालघारी गाउँपालिका–१, कञ्चनपुर
रितु लोहार (१४ वर्ष) — गुलरिया नगरपालिका–४, कञ्चनपुर

बसमा करिब ३५ जना यात्रु सवार थिए। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु