झापामा रगतको अभाव, रेडक्रसको रक्तदानका लागि अपिल

झापा, १० कात्तिक । नेपाल रेडक्रस सोसाइटी झापाले जिल्लामा रगतको अभाव भएको जनाएको छ। हाल ६ वटा रक्तसञ्चार केन्द्रमा जम्मा २०० पिन्ट रगत मौज्दात रहेको छ भने दैनिक मिर्गौला डायलाइसिस र अन्य उपचारका लागि १०० पिन्ट रगत आवश्यक पर्ने बताइएको छ।

अध्यक्ष लोकराज ढकालले दसैँ, तिहार, छठलगायत चाडपर्व तथा असोज १८–२० गतेको वर्षा र विपद्का कारण रक्तदान कार्यक्रम हुन नसक्दा रगतको अभाव भएको बताए। उनले १८ वर्षमाथिका व्यक्तिहरूलाई नजिकको रक्तसञ्चार केन्द्रमा गएर स्वस्फूर्त रक्तदान गर्न आग्रह गरे।

उनले भने, “रगत माग्ने मात्र होइन, आफैँ पनि रक्तदान गरौँ। बिरामीका लागि रगत लिन जाँदा दुई–तीन जना रक्तदाता लिएर जाऔँ।” रेडक्रससँग सबै रक्त समूहका हजारौँ दाताको सम्पर्क नम्बर रहेको जानकारी दिँदै, आफन्तले पनि दाता खोज्न सक्ने व्यवस्था रहेको बताए।

‘जेनजी’ प्रदर्शनका क्रममा झापाबाट १,५०० पिन्ट रगत काठमाडौँ पठाइएको पनि उनले जानकारी दिए।

  • Related Posts

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    अजेन्द्र वाईबा तामाङ साउन ११ ,फिदिम पाँचथरको फिदिममा नेपाल पत्रकार महासंघ पाँचथरको सभाहलमा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी आज देखि सुरु भएको छ। किरात राई यायोक्खाको आयोजनामा तथा नेपाल आदिवासी…

    पाँचथरमा नौमती बाजा सहित बेठि उत्सब मनाए

    अजेन्द्र वाईबा तामाङ साउन ९ ,पाँचथर पाँचथरको फिदिम नगरपालिका–५ मा शनिबार परम्परागत बेठी उत्साहपूर्वक मनाइएको छ। स्थानीय लक्ष्मीप्रसाद चापागाईँको धान रोपाइँलाई सामूहिक श्रम र सांस्कृतिक उत्सवका रूपमा रूपान्तरण गर्दै परिवार,…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु