झापामा रगतको अभाव, रेडक्रसको रक्तदानका लागि अपिल

झापा, १० कात्तिक । नेपाल रेडक्रस सोसाइटी झापाले जिल्लामा रगतको अभाव भएको जनाएको छ। हाल ६ वटा रक्तसञ्चार केन्द्रमा जम्मा २०० पिन्ट रगत मौज्दात रहेको छ भने दैनिक मिर्गौला डायलाइसिस र अन्य उपचारका लागि १०० पिन्ट रगत आवश्यक पर्ने बताइएको छ।

अध्यक्ष लोकराज ढकालले दसैँ, तिहार, छठलगायत चाडपर्व तथा असोज १८–२० गतेको वर्षा र विपद्का कारण रक्तदान कार्यक्रम हुन नसक्दा रगतको अभाव भएको बताए। उनले १८ वर्षमाथिका व्यक्तिहरूलाई नजिकको रक्तसञ्चार केन्द्रमा गएर स्वस्फूर्त रक्तदान गर्न आग्रह गरे।

उनले भने, “रगत माग्ने मात्र होइन, आफैँ पनि रक्तदान गरौँ। बिरामीका लागि रगत लिन जाँदा दुई–तीन जना रक्तदाता लिएर जाऔँ।” रेडक्रससँग सबै रक्त समूहका हजारौँ दाताको सम्पर्क नम्बर रहेको जानकारी दिँदै, आफन्तले पनि दाता खोज्न सक्ने व्यवस्था रहेको बताए।

‘जेनजी’ प्रदर्शनका क्रममा झापाबाट १,५०० पिन्ट रगत काठमाडौँ पठाइएको पनि उनले जानकारी दिए।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु