झापाको माईखोलामा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला

झापा, १० कात्तिक । झापा जिल्लाको शिवसताक्षी नगरपालिका–९ स्थित बैसबारी क्षेत्रको माईखोलाको बीच भागमा एक अन्दाजी ५५/५६ वर्षीय पुरुषको शव फेला परेको छ। स्थानीय बासिन्दाले आज अपराह्न ४:५० बजे शव देखेपछि इलाका प्रहरी कार्यालय झिलझिलेलाई जानकारी गराएका थिए।

प्रहरीका अनुसार मृतक पहाडे मूलका मंगोलियन अनुहार भएका व्यक्ति हुन्, जसको नाम, थर तथा वतन हालसम्म खुल्न सकेको छैन। उनी कम्मरभन्दा तल कालो रंगको ट्रायकसुट मात्र लगाएको अवस्थामा फेला परेका थिए।

घटनाको जानकारी प्राप्त भएपछि ईप्रका झिलझिलेबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनास्थलमा खटिएको थियो। हाल शवको पहिचान, घटनाको कारण र अन्य कानुनी प्रक्रिया सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • Related Posts

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    राज याक्खा/ताप्लेजुङ फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनबाट श्री जनता माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सञ्जय लिम्बू सुब्बालाई कामकाजमा रोक लगाएको पत्राचार पछि सुब्बा सर्वोच्च अदालत पुगेका हो। अदालतले…

    जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

    राज याक्खा/ताप्लेजुङ् फुङ्लिङ नगरपालिका–९ हाङदेवास्थित जनता माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी विवाद सर्वोच्च अदालत सम्म पुगेको छ। अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन भइसकेको निवेदक सञ्जय लिम्बू सुब्बाको दाबी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली