याङवरकले सम्पन्न गर्‍यो तेस्रो सार्वजनिक सुनुवाइ कार्यक्रम

– सुरेन्द्र खरेल, पाँचथर

पाँचथर, असार २१ – याङवरक गाउँपालिका, पाँचथरले आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमासिक अवधिसम्मको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।

शनिबार याङवरक गाउँपालिका–१ च्याङथापुस्थित वडा कार्यालयको प्राङगणमा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष भिमबहादुर योङ्या (सुवास), उपाध्यक्ष बाबा मेन्याङबो, प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेल, सबै वडाका वडाध्यक्ष, कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता तथा स्थानियको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रममा चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्मको प्रगति विवरण, बजेट खर्च, सेवा प्रवाह र योजनाको कार्यान्वयन अवस्थाबारे प्रतिवेदन प्रस्तुत गर्दै सरोकारवालाबीच छलफल गरिएको थियो।

सुनुवाइको क्रममा गाउँपालिका क्षेत्रका विभिन्न समस्याहरू र जिज्ञासाहरू उठाइएको थियो। ती प्रश्नहरूमा वडाध्यक्षहरू, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतले आ-आफ्नो धारणा राख्दै जवाफ प्रस्तुत गरेका थिए।

कार्यक्रमको समापन गर्दै गाउँपालिका अध्यक्ष भिमबहादुर योङ्याले नागरिक सहभागिता र उत्तरदायित्व अभिवृद्धिका लागि सार्वजनिक सुनुवाइलाई महत्वपूर्ण अभ्यासको रूपमा लिनुपर्ने बताए।

सार्वजनिक सुनुवाइ कार्यक्रम रेडियो मितेरी ८९.२ मेगाहर्ज, फिदिमको सहकार्यमा सम्पन्न भएको थियो कार्यक्रमको आयोजना याङवरक गाउँपालिकाले गरेको हो।

  • Related Posts

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    अजेन्द्र वाईबा तामाङ साउन ११ ,फिदिम पाँचथरको फिदिममा नेपाल पत्रकार महासंघ पाँचथरको सभाहलमा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी आज देखि सुरु भएको छ। किरात राई यायोक्खाको आयोजनामा तथा नेपाल आदिवासी…

    पाँचथरमा नौमती बाजा सहित बेठि उत्सब मनाए

    अजेन्द्र वाईबा तामाङ साउन ९ ,पाँचथर पाँचथरको फिदिम नगरपालिका–५ मा शनिबार परम्परागत बेठी उत्साहपूर्वक मनाइएको छ। स्थानीय लक्ष्मीप्रसाद चापागाईँको धान रोपाइँलाई सामूहिक श्रम र सांस्कृतिक उत्सवका रूपमा रूपान्तरण गर्दै परिवार,…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु