महायज्ञका नाममा दलितको घर भत्काइएको घटनाप्रति समन्यायिक समाज नेपालको ध्यानाकर्षण, दोषीलाई कारबाहीको माग

सिराहा — सिराहाको औरही गाउँपालिका–५ का दीपक मरिक (डोम) को घर महायज्ञ गर्ने नाममा भत्काइएको घटनाप्रति समन्यायिक समाज नेपालले गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ।

समाजका अध्यक्ष भक्त विश्वकर्माले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै महायज्ञको नाममा दलित समुदायमाथि भएको अमानवीय व्यवहारप्रति दुःख प्रकट गरेका छन्। उनले जातीय भेदभाव तथा छुवाछुत कसुर तथा सजाय ऐन, २०६८ सहित विद्यमान कानुनको कडाइपूर्वक कार्यान्वयन गरी दोषीमाथि कारबाही गर्न र पीडितलाई न्याय दिलाउन सरकारसमक्ष आग्रह गरेका छन्।

“यही चैत १७ गतेदेखि सुरु हुन लागेको विष्णु महायज्ञका लागि दीपक मरिक (डोम) को घर भत्काइएको छ, जसका कारण पीडित परिवार विस्थापित हुन पुगेका छन्,” विज्ञप्तिमा उल्लेख छ, “पीडितका अनुसार डोम समुदाय भएकै कारण उनीहरूको घर भत्काइयो र घर रहेको स्थानको माटोसमेत खनेर फालिएको छ।”

सञ्चारमाध्यममा प्रकाशित खबरका आधारमा, महायज्ञ सञ्चालन गरिरहेका बजरंगी बाबाले दलित परिवार त्यहाँ रहे महायज्ञ नहुने अडान लिएपछि स्थानीय पालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवको मिलेमतोमा घर भत्काइएको दाबी विज्ञप्तिमा गरिएको छ।

“नेपाललाई छुवाछुतमुक्त देश घोषणा गरिएको १८ वर्ष बितिसक्दा पनि संविधान र कानुनले दण्डनीय अपराधका रूपमा किटान गरिसकेको छुवाछुत र विभेद दलित समुदायले दैनिक सहनु परेको छ,” विज्ञप्तिमा भनिएको छ, “धर्म मान्ने अधिकार सबैलाई भए पनि धर्मका नाममा उठीवास लगाउने कार्य निन्दनीय तथा दण्डनीय छ।”

समाजले जातीय भेदभाव तथा छुवाछुतको विरोध गर्दै दोषीलाई कानुनअनुसार कारबाही गर्न, पीडितलाई पुनःस्थापना तथा क्षतिपूर्ति दिलाउन र यस्ता घटनालाई निरुत्साहित गर्न राज्य संयन्त्रलाई गम्भीर कदम चाल्न माग गरेको छ।

 

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट