सुमधुर स्वरका धनी भण्डारी कथा वाचन गर्दै 

झापा ।सञ्चारकर्मी हरिकृष्ण भण्डारीको नामको अघि अब पण्डित उपाधि थपिएको छ । झापा मेचीनगर १२ सहरेडाँगीका भण्डारी श्रीमद् भागवतको कथावाचकको रुपमा उदाउँदै छन् ।

२६ वर्षीय पण्डित भण्डारी सुमधुर स्वरका धनी छन्, उनको वाक कला सुन्न लायक छ । हसिलो मुहार र प्रभावशाली वाककलाले उनको कथावाचन श्रवणीय हुने बताइन्छ ।

गुरुकुल शिक्षाबाट आफ्नो अध्ययन शुरु गरेका पण्डित भण्डारीले सानै उमेरदेखि मेचीनगर १२ स्थीत श्रीमाधव संस्कृत विद्याश्रममा अध्ययन गरे । प्रारम्भिक अध्ययन संस्कृतबाट शुरु गरेका भण्डारीले विज्ञानको समेत गहन अध्ययन गरी काठमाण्डौस्थित बैंकटेस मन्दीरको गुरुकूलमा भागवत अध्ययन पूरा गरेका हुन् । उनी आध्यात्मिक परिवारमा हुर्किए । माधव संस्कृत विद्धाश्रम उनकै हजुरबुवा माधवप्रसाद (साना गुरुजी) ले स्थापना गरेका हुन् ।

फागुन ७ गतेदेखि १४ गतेसम्म सहरेडाँगीस्थित माधव संस्कृत विद्धाश्रममा आयोजना हुने श्रीमद्भागवत सप्ताह एवं धनधाञ्याचल विराट् ज्ञान महायज्ञमा उनले पहिलो पटक कथा वाचन गर्दै छन् ।

 

२०७१ सालमा झापाको धुलाबारी स्थीत रेडियो सरगममा कार्यक्रम सञ्चालन शुरु गरेर पत्रकारितामा प्रवेश गरेका भण्डारीले करीब १० बर्षे पत्रकारिता पछि अब नयाँ गन्तब्य तय गरेका छन् –पुराणको कथा वाचन ।

हरेक बिषयलाई विभिन्न उदाहरण प्रस्तुत गरेर बुझाउन सहज बनाउन सक्ने खुबीका कारण पनि भण्डारीलाई पुराणको कथा वाचनमा लोकप्रिय हुने उनलाई जान्नेहरु बताउँछन् । पत्रकारितासंगै व्यक्तित्व विकाश र नेतृत्व क्षमता विकाससंग सम्बन्धी विभिन्न तालिमहरु सञ्चालन गरेर सफल प्रशिक्षकका रुपमा समेत परिचय स्थापित गरेका भण्डारीले अब श्रीमद्भागवतको व्यासमा बसेर पुराणको कथा वाचनमार्फत आफ्नो परिचयलाई फाराकिलो बनाउने छन् ।

भारतको सम्पुर्णानन्द विश्वविद्यालयमा संस्कृत व्याकरण विषय लिई आचार्य (स्नातकोत्तर) अध्ययनत उनले आमसञ्चार र पत्रकारिता बिषयमा स्नातक तहको अध्ययन समेत पूरा गरेका छन् । वेद र विज्ञान दुवै क्षेत्र बुझेका भण्डारीको कथा वाचनबाट पुराणको कथा वाचन र प्रवचनमा नयाँ आयाम आउने विश्वास गर्न सकिन्छ । ध्यान र योगमा समेत गहिरो रुची राख्ने पण्डित भण्डारीले आफ्नो नयाँ यात्रामा सबैको साथ सहयोगको अपेक्षा गरेका छन् ।

  • Related Posts

    तामाङ भाषा शिक्षा सम्बन्धि प्रादेशिक उद्घाटन कार्यक्रम सम्पन्न

    अजेन्द्र वाईबा तामाङ असाेज २८,सिन्धुपाल्चोक काठमाडौँ विश्वविद्यालयको आयोजना तथा नेपाल तामाङ घेदुङ र गोले तामाङ वंश उत्थान समाजको सहआयोजनामा सिन्धुपाल्चोक जिल्लाको थाङ्पाल पाँचपोखरी गाउँपालिका–५, पाँचपोखरीमा असोज २६, २७ र २८…

    आगलागीबाट दुईवटा घर जलेर नष्ट

    अजेन्द्र वाईबा तामाङ असाेज २४ शनिबार पाँचथरको फिदिम नगरपालिका १३ चाम्लिङडाँडाका मोहन चाम्लिङकाे दुईवटा घर आगलागीमा जलेर पूर्ण रूपमा नष्ट भएका छन्। आज दिउँसो करिब १:३० बजे घरमा कोही नभएको…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु