पाँचथरको भालुचोक बजारमा सीसी क्यामेरा र प्रहरी बिट, सुरक्षा व्यवस्थामा सुधार

सुरेन्द्र खरेल,
पाँचथरको हिलिहाङ गाउँपालिकास्थित भालुचोक बजारमा हालै सीसी क्यामेरा जडान गरिएको छ। साथै, उक्त स्थानमा प्रहरी बिटको स्थापना पनि गरिएको छ। हिलिहाङ गाउँपालिकाका अध्यक्ष समर बहादुर अधिकारीको प्रमुख आतिथ्यतामा नवनिर्मित प्रहरी बिट र सीसी क्यामेराको उद्धघाटन सम्पन्न भएको हो।

सुरक्षा व्यवस्था थप कडा बनाउनका लागि भालुचोक बजारमा ६ थान सीसी क्यामेरा जडान गरिएको छ। यस परियोजनामा कुल लागत ९ लाख ५० हजार रुपैयाँ खर्च भएको बताइएको छ।

सीसी क्यामेराको जडान पश्चात् भालुचोक बजारमा हुने नकरात्मक गतिविधिहरूको अनुसन्धानमा ठूलो मदत पुग्ने विश्वास स्थानीय प्रहरी र समुदायका सदस्यहरूले व्यक्त गरेका छन्। यससँगै, बजार क्षेत्रमा अपराध र हिंसाका घटनाहरूलाई न्यूनिकरण गर्न पनि यो एक प्रभावकारी कदम मानिएको छ।

पछिल्लो समय बजारहरूमा सीसी क्यामेरा जडानको प्रवृत्ति बढ्दै गएको छ, जसले सुरक्षा व्यवस्थामा सुधार गर्दै हिंसा र अमानविय घटनाहरूसँग जुझ्नमा सहयोग पुर्याएको छ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु