कैदलेमा लिम्बुनी ठुली स्मृति कपको उद्घाटन माघ २७ देखि

झापाको अर्जुनधारा-३ स्थित कैदले प्राकृतिक रंगशालामा आगामी माघ २७ गतेदेखि फागुन ४ गतेसम्म ‘लिम्बुनी ठुली स्मृति कप’ सञ्चालन हुने जानकारी आज पत्रकार भेटघाटको माध्यमबाट सार्वजनिक गरिएको छ। आयोजक समितिका संयोजक सुर्य इम्बुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत क्लबका अध्यक्ष बल्लभ खतिवडाले कार्यक्रमको सञ्चालन गरे।

यस प्रतिस्पर्धामा कुल ८ वटा टिमहरू भाग लिनेछन्। उद्घाटन खेल माघ २७ गते बुट्टाबारी युनाइटेड क्लब र रेड हर्ष क्लब इलाम बीच हुनेछ। माघ २८ गते आयोजक टिम र इन्ट्रा पथरी-११ मोरंग, माघ २९ गते बेलडाँगी CMC दमक र जलथल फुटबल क्लब, र माघ ३० गते रोलिङ क्लब धुलाबारी र एपीएफ पकली सुनसरी बिच खेल हुनेछ।

यो स्मृति कप भुटानी शरणार्थी शिबिरमा लामो समय बिताएका, तेस्रो मुलुक पुनर्स्थापनामा अमेरिका गएका र एक वर्षअघि अमेरिकामा निधन भएका खेलकुद प्रेमी बाबी सुब्बाको सम्झनामा आयोजित गरिएको हो। खेलको प्रमुख प्रायोजक बाबी सुब्बाका छोरा, बाबी सुब्बा परिवार हो।

प्रतियोगिताको अनुमानित बजेट १४ लाख रहेको र यसमा प्रथम पुरस्कारको राशि १५५५५५ रुपैयाँ, दोस्रो पुरस्कार ७७७७७ रुपैयाँ, साथै ट्रफी र मेडलसहित विजेताहरूलाई सम्मान गरिने जानकारी खेल प्रबन्धक युबराज चापागाईंले दिएका छन्।

स्मृति कपको सञ्चालनका लागि सचीव मदन गिरिले भूमिका निर्वाह गरेका थिए।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु