ऐतिहासिक संघीय मेलामा जारी भलिबलको उपाधि आङ्खोप भलिबल टिमलाई

सुरेन्द्र खरेल, पाँचथर

ताप्लेजुङको ऐतिहासिक संघीय मेला “आम्बेगुदिन” अन्तर्गत खाम्दिम्बेमा आयोजित भलिबल प्रतियोगितामा आङ्खोप भलिबल टिमले उपाधि जित्दै पहिलो स्थान हासिल गरेको छ। २०८१ पुस १७ गतेदेखि सुरु भएको यस प्रतियोगितामा १२ टिमको सहभागिता थियो।

आङ्खोप टिमले उत्कृष्ट प्रदर्शन गर्दै नगद रु ८१,०००

हजार मेडल, ट्रफी, र प्रमाणपत्र प्राप्त गर्‍यो। दोश्रो स्थानमा मेहेले किङ्स टिम रह्यो, जसले नगद रु ४१,००० हजार मेडल, ट्रफी, र प्रमाणपत्र जितेको छ।

प्रतियोगिताको खेल अवधिभर रोमाञ्चक प्रतिस्पर्धा देखिएको थियो। मेलाले आफ्नो १६औं संस्करण सम्पन्न गर्दै खेलकुद र सांस्कृतिक महत्वलाई अझ प्रबर्द्धन गरेको छ। ऐतिहासिक संघीय मेला ताप्लेजुङको महत्वपूर्ण पहिचान मात्र नभई क्षेत्रीय एकता र मेलमिलापको उदाहरण पनि बनेको छ।

प्रत्येक वर्ष आयोजना हुँदै आएको यस मेलाले स्थानीय तथा राष्ट्रिय खेलकुद गतिविधिहरूको माध्यमबाट युवालाई प्रेरित गर्दै स्थानीय प्रतिभाको पहिचान गर्न महत्त्वपूर्ण योगदान दिएको छ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु