ऐतिहासिक संघीय मेलामा जारी भलिबलको उपाधि आङ्खोप भलिबल टिमलाई

सुरेन्द्र खरेल, पाँचथर

ताप्लेजुङको ऐतिहासिक संघीय मेला “आम्बेगुदिन” अन्तर्गत खाम्दिम्बेमा आयोजित भलिबल प्रतियोगितामा आङ्खोप भलिबल टिमले उपाधि जित्दै पहिलो स्थान हासिल गरेको छ। २०८१ पुस १७ गतेदेखि सुरु भएको यस प्रतियोगितामा १२ टिमको सहभागिता थियो।

आङ्खोप टिमले उत्कृष्ट प्रदर्शन गर्दै नगद रु ८१,०००

हजार मेडल, ट्रफी, र प्रमाणपत्र प्राप्त गर्‍यो। दोश्रो स्थानमा मेहेले किङ्स टिम रह्यो, जसले नगद रु ४१,००० हजार मेडल, ट्रफी, र प्रमाणपत्र जितेको छ।

प्रतियोगिताको खेल अवधिभर रोमाञ्चक प्रतिस्पर्धा देखिएको थियो। मेलाले आफ्नो १६औं संस्करण सम्पन्न गर्दै खेलकुद र सांस्कृतिक महत्वलाई अझ प्रबर्द्धन गरेको छ। ऐतिहासिक संघीय मेला ताप्लेजुङको महत्वपूर्ण पहिचान मात्र नभई क्षेत्रीय एकता र मेलमिलापको उदाहरण पनि बनेको छ।

प्रत्येक वर्ष आयोजना हुँदै आएको यस मेलाले स्थानीय तथा राष्ट्रिय खेलकुद गतिविधिहरूको माध्यमबाट युवालाई प्रेरित गर्दै स्थानीय प्रतिभाको पहिचान गर्न महत्त्वपूर्ण योगदान दिएको छ।

  • Related Posts

    श्री जनता माध्यमिक विद्यालयमा एउटै मितिमा एकै व्याक्तिको दुई नामको बिदा निवेदन, कुन आधारले दर्ता भयो?

    राज याक्खा / ताप्लेजुङ् ताप्लेजुङको जनता माध्यमिक विद्यालयमा एक शिक्षकको बिदासम्बन्धी कागजातले विद्यालयको प्रशासनिक अभिलेखीकरण र निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ। प्राप्त कागजातअनुसार एउटै मितिमा एउटै शिक्षकका नाममा दुईवटा…

    पाँचथरको फिदिममा श्रम संस्कृती पार्टी द्वारा बृहत् श्रमदान

    अजेन्द्र वाईबा तामाङ भदौ ६, पाँचथर श्रम संस्कृति पार्टी पाँचथरले फिदिम नगरपालिका वडा नं. १, २ र ४ को संयुक्त आयोजनामा शनिबार श्रमदान कार्यक्रम गरेको छ। ‘आफ्नो गाउँ आफैँ बनाऔँ’…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    श्री जनता माध्यमिक विद्यालयमा एउटै मितिमा एकै व्याक्तिको दुई नामको बिदा निवेदन, कुन आधारले दर्ता भयो?

    श्री जनता माध्यमिक विद्यालयमा एउटै मितिमा एकै व्याक्तिको दुई नामको बिदा निवेदन, कुन आधारले दर्ता भयो?