कालीकोट जिप दुर्घटनामा मृतक संख्या ७ पुग्यो, ओभरलोड दुर्घटनाको कारण

कालीकोटको पलाता गाउँपालिका नजिकै भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ। कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा घाइते चालक, सल्यानका ४५ वर्षीय धनिराम रावतको मृत्यु भएपछि मृतक संख्या थपिएको हो। रावतसहित १३ जना घाइतेलाई हेलिकप्टरबाट उपचारका लागि सुर्खेत ल्याइएको थियो।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार दुर्घटनामा पलाता–६ की दसकला शाही, पदम बम, भगवती रोकाया, गणेश शाही, पलाता–५ की छाया शाही र पलाता–३ का दमन रोकायाको घटनास्थलमै मृत्यु भएको थियो। घाइतेहरुको अवस्था गम्भीर रहेको जनाइएको छ।

घाइते हुने अन्य यात्रुहरूमा केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतिक्षा शाही, आशिष रोकाया, भूपेन्द्र रोकाया, दोली विक, आयुशा विक, दानबहादुर रोकाया, निर्मला रोकाया र जगत रोकाया रहेका छन्। प्रहरीका अनुसार घाइतेमध्ये दानबहादुर, निर्मला, जगत, दोली र आयुशाको अवस्था चिन्ताजनक रहेको छ।

घटनास्थलतर्फ जोड्ने सडकमा पुल नहुँदा दुई वर्षदेखि जिपलाई ड्रम र काठको सहायताले कर्णाली नदी तारेर ओसारपसार गरिदैँ आएको थियो। यसै क्रममा दुर्घटनामा परेको बोलेरो जिपले क्षमताभन्दा बढी यात्रु बोकेको थियो। ‘कच्ची ग्रामीण सडकमा तीनगुणा बढी यात्रु बोकेपछि दुर्घटना हुने नै भयो,’ डीएसपी रावतले भने, ‘ओभरलोड नै दुर्घटनाको मुख्य कारण देखिएको छ।’

 

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट