झडप बिच ताप्लेजुङ पाथिभरा केबलकार शिलान्यास

पूर्वको प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर विवाद चुलिएसँगै झडप भएको छ। शुक्रबार दिउँसो, तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन निर्माणको शिलान्यास कार्यक्रम राखिएको थियो।

जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका अनुसार, कार्यक्रममा सहभागी हुन नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनसहित अन्य व्यक्तिहरु त्यहाँ पुगेका थिए।

तर, कार्यक्रम सुरु भएलगत्तै “केबलकार निर्माण गर्न दिनु हुँदैन” भन्ने पक्षमा रहेका व्यक्तिहरुले ढुंगा प्रहार गर्न थालेको मेयर मादेनले बताए। “उनीहरु अग्लो स्थानमा बसेका थिए र त्यहाँबाट तल ढुंगा फाल्दा केही प्रहरीलाई पनि लाग्यो,” उनले भने। “यद्यपि, एक्जाभेटर प्रयोग गरी केबलकारको शिलान्यास गरिसकेका छौं।”

प्रत्यक्षदर्शी हेमराज निरौलाका अनुसार, प्रहरीले एक्जाभेटरको चाबी खोसेपछि विवाद केही समय शान्त भएजस्तो देखियो। तर, निर्माण पक्षले चाबी फिर्ता माग्दा फेरि ढुंगा हान्ने क्रम सुरु भयो र दुई पक्षबीच हात हालाहालको स्थिति भयो। दुवै पक्षतर्फ केही व्यक्तिहरु घाइते भएको जनाइएको छ।

मुक्कुमलुङ संरक्षण समितिसहित विभिन्न समूहले पाथीभरामा केबलकार बनाइनु हुँदैन भनी आन्दोलन गर्दै आएका छन्। उनीहरुको दाबी छ कि यसले धार्मिक महत्वमा असर पुर्‍याउँछ। तर, निर्माण समर्थक पक्षले केबलकारले यात्रा सहज बनाउने र ताप्लेजुङको पर्यटकीय महत्व वृद्धि गर्ने तर्क राख्दै विरोध नगर्न आग्रह गरेका छन्।

२ हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरा देवी मन्दिरमा केबलकार निर्माण हुने वा नहुने भन्ने विषयमा यी दुई पक्षबीच विवाद अझै जारी रहने देखिन्छ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट