नयाँ बर्ष: नेपाल संवत् ११४५: नेवार समुदायले विविध कार्यक्रम गरी मनाउँदै

काठमाडौं, कात्तिक १ – नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने नेपाल संवत् ११४५ आज देशभर विशेष कार्यक्रम आयोजना गरी मनाइँदैछ। नेपाल संवत्को सुरुआत राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ.सं. ८८०) मा गरिब जनताको ऋण मोचन गरी गरेका थिए।

लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरका अनुसार, लिच्छविकालीन राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्का रूपमा प्रयोग भएको थियो। नेपाल देशको नामबाट राखिएको यो संवत्ले नेपालको मौलिकता झल्काउँछ, भने लिच्छविकालअघिको शक संवत् पनि इतिहासमा प्रचलित थियो।

प्रजातन्त्रको पुनर्स्थापनापछि नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिने उद्देश्यले २००७ सालदेखि नै विभिन्न अभियानहरू चलाइएका थिए। नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य स्थानहरूमा यस संवत् विशेष रूपमा मनाइन्छ।

गरिब जनताको ऋण मोचन गर्दै सामाजिक सेवामा उच्च योगदान पुर्याएबापत तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले विसं २०५६ मा शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए। साथै, विसं २०६५ मा प्रधानमन्त्री प्रचण्डले नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिने घोषणा गरेका थिए।

काठमाडौंमा कात्तिक कृष्ण औँसीको दिन पुरानो बहीखाता बन्द गरी कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाता सुरुआत गर्ने परम्परा आज पनि जीवित छ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट