तिहार तथा अन्य पर्वका अवसरमा उर्लाबारी नगरपालिका दमकल शाखाबाट शुभकामना तथा सचेतना अपिल

उर्लाबारी, मोरङ – नेपालीहरुको महान पर्व तिहार तथा आउँदै गरेको छठ र नेपाल संवत्का अवसरमा उर्लाबारी नगरपालिका दमकल शाखाले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली समुदायलाई शुभकामना व्यक्त गरेको छ। दमकल शाखाले कार्तिक १५ बाट सुरु भएको तिहार पर्वको अवसरमा सन्देश पठाउँदै सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै सम्पूर्ण नेपाली, उर्लाबारी नगरवासी, र नेपाली भाषीहरुलाई उत्तरोत्तर प्रगतिको कामना गरेको छ।

यसै अवसरमा, दमकल शाखाले तिहार पर्व बत्ती र झिलिमिलीको हुने भएकाले आगलागीको सम्भावना रहेको बताउँदै सबैलाई सचेत रहन आग्रह गरेको छ। विभिन्न पटाका पड्काउने क्रममा परालको मार्च, घर, गोठ लगायतका ठाउँमा आगलागी हुन सक्ने सम्भावना भएकाले यस्तो कार्य गर्दा सावधानी अपनाउन र सकेसम्म खाली ठाउँमा मात्र पटाका पड्काउन सुझाव दिएको छ। साथै, बिजुली सर्ट भएर आगलागी हुनसक्ने भएकाले झिलिमिली बत्ती तथा घरको वाइरिङ नियमित रूपमा जाँच गराउन पनि दमकल शाखाले अपिल गरेको छ।

चाडपर्वका समयमा जनताको सेवामा २४ सै घण्टा तयार रहने प्रतिबद्धता जनाउँदै, उर्लाबारी नगरपालिका दमकल शाखाले कुनै पनि आकस्मिक परिस्थितिमा सम्पर्क गर्न निम्न नम्बरहरूमा तुरुन्तै सम्पर्क गर्न आग्रह गरेको छ:

•फोन नम्बर: 021-542000

•मोबाइल नम्बर: 9852042459

दमकल शाखाले यस पर्वमा कुनै पनि दुर्घटना नहोस् भन्ने कामना गर्दै सम्पूर्ण उर्लाबारी नगरवासीलाई सुरक्षित र खुसीपूर्ण तिहार, छठ, र नेपाल संवत् मनाउन अपिल गरेको छ।

  • Related Posts

    विषेशः अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना

    टेक्सास । अमेरिकाको टेक्सास राज्यस्थित फोर्ट वर्थ शहरमा नेपाली स्वाद, संस्कृति र मसिनो मसलाको सुगन्ध फैलाइरहेका छन्, एक उर्जावान नेपाली युवा शेफ निश्चल ढुङ्गाना । सामान्य परिवारबाट उठेर अन्तर्राष्ट्रिय खाद्य…

    “बाटो पनि अधुरो, पानी पनि बन्द — मेहेलेका जनता प्यासै, विद्यालयसमेत संकटमा”

      ताप्लेजुङ २०८३ जेष्ठ १० ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं. ६ मेहेलेमा सडक निर्माणको नाममा भएको लापरवाहीका कारण स्थानीय बासिन्दा मात्रै होइन, विद्यालयसमेत गम्भीर खानेपानी संकटमा परेको छ। मेहेले भञ्ज्याङ…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    विषेशः अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना

    विषेशः अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना