जुम्ला- सुर्खेत मार्गमा गम्भीर गाडी दुर्घटना: एकको मृत्यु, पाँच घाइते

सुर्खेतको बराहतालमा बिहीबार बिहान भएको यात्रुबाहक गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ र पाँच जना घाइते भएका छन्। कर्णाली प्रदेश ०२२१ ख १०१४ नम्बरको एसएमल गाडी जुम्लाबाट सुर्खेततर्फ जाँदै गर्दा बराहताल गाउँपालिका–८ हुड्केमा दुर्घटनामा परेको हो।

दैलेखको ठाँटीकाँध गाउँपालिका–४ का ३५ वर्षीय दीपक शाही गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको थियो, जहाँ चिकित्सकहरूले मृत घोषणा गरे। दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्, जसको अवस्था सामान्य रहेको छ। घाइतेहरूको कर्णाली केयर अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा गाडीमा बच्चासहित २९ जना यात्रु सवार थिए। तीव्र गतिमा रहेको गाडी अनियन्त्रित भई सडक छेउमा पल्टिएको प्रहरीको अनुमान छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले घाइतेहरूको अवस्था सामान्य रहेको जानकारी दिएका छन्। दुर्घटनाका कारण र गाडीको स्थितिको थप अनुसन्धान भइरहेको छ।

  • Related Posts

    अर्जुनधारामा लागूऔषध न्यूनीकरण तथा शैक्षिक सहयोग कार्यक्रमहरू सम्पन्

    झापा, अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका विभिन्न स्थानमा लागूऔषध दुर्व्यसन न्यूनीकरण, ट्राफिक सचेतना अभिवृद्धि तथा शैक्षिक सहयोगसम्बन्धी कार्यक्रमहरू सम्पन्न भएका छन्। लक्ष्मी माध्यमिक विद्यालयमा आयोजित लागूऔषध तथा ट्राफिक सचेतना कार्यक्रममा विद्यार्थी,…

    प्रदेश सरकारकाे ५ लाखको कंक्रिट वाल एक महिनामै ढल्यो

    अजेन्द्र वाईबा तामाङ जेष्ठ २९,पाँचथर कोशी प्रदेश सरकारको ५ लाख रुपैयाँ लगानीमा फिदिम नगरपालिका–१ स्थित पतञ्जलि योग समितिको भवन संरक्षणका लागि निर्माण गरिएको कंक्रिट वाल निर्माण सम्पन्न भएको एक महिना…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    अर्जुनधारामा लागूऔषध न्यूनीकरण तथा शैक्षिक सहयोग कार्यक्रमहरू सम्पन्

    अर्जुनधारामा लागूऔषध न्यूनीकरण तथा शैक्षिक सहयोग कार्यक्रमहरू सम्पन्