क्यान्सर पिडित बालिकालाई ११ हजार ६ सय ६५ रुपैयाँ सहयोग !

अजेन्द्र वाईबा तामाङ
भदौ ३१
पाँचथरको फिदिम नगरपालिका ४ निबासी एक बालिकालाई क्यान्सरको उपचार गर्न ११ हजार ६ सय ६५ रुपैयाँ आर्थिक सहयोग गरेकाे छ ।
फिदिम ४ गडि निबासी १६ वर्षीय बिपसा खबासकाे ब्लड क्यान्सरबाट पीडित भई हाल ललितपुर क्यान्सर अस्पतालमा उपचार भई रहेको छ ।
आर्थिक अवस्था कमजोर भएका कारण फिदिम नगरपालिका ७ निबासी हाल कतारमा रहेका सुरक्षा थुलुङले उहाँलाई सहयोग गरेको हो ।
उहाँको उपचार सहयोगार्थ लागि सुरक्षा थुलुङबाट ११ हजार ६ सय ६५ रुपैयाँ फिदिम खानेपानीका अध्यक्ष प्रकाश गुरुङ र समाजसेवी दिपक बास्काेटा, डने शेर्पा ,कमल बास्काेटा लागायतका उपस्थितिमा साे रकम बालिकाकाे आमा सीता खबासलाई हस्तान्तरण गरिएको हो ।
उक्त रकम पाएपछि सम्पुर्ण सहयोगीहरुलाई बिपसा खबासकाे आमा सीता खबासले धन्यवाद ब्यक्त गरेका थिए।

  • Related Posts

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    राज याक्खा/ताप्लेजुङ फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनबाट श्री जनता माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सञ्जय लिम्बू सुब्बालाई कामकाजमा रोक लगाएको पत्राचार पछि सुब्बा सर्वोच्च अदालत पुगेका हो। अदालतले…

    जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

    राज याक्खा/ताप्लेजुङ् फुङ्लिङ नगरपालिका–९ हाङदेवास्थित जनता माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी विवाद सर्वोच्च अदालत सम्म पुगेको छ। अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन भइसकेको निवेदक सञ्जय लिम्बू सुब्बाको दाबी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली