रास्वपा पाँचथरको प्रथम जिल्ला अधिवेशन सम्पन्न, विभिन्न दलका नेता–कार्यकर्ता पार्टी प्रवेश

अजेन्द्र वाईबा तामाङ जेष्ठ २४ , पाँचथर
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाँचथरको प्रथम जिल्ला अधिवेशन जिल्ला समन्वय समिति पाँचथरको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्नुका साथै विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गरेको छ।
अधिवेशनबाट प्रकाश गुरुङ सर्वसम्मत रूपमा जिल्ला अध्यक्ष चयन भएका छन्। त्यसैगरी उपाध्यक्षमा सहरसिंह तामाङ, सचिवमा कुशल जवेगू, सह–सचिवमा कविहाङ सेलिङ तथा कोषाध्यक्षमा सिर्जना रिजाल सर्वसम्मत चयन भएका छन्।
सदस्यहरूमा ज्ञानेन्द्र रसाइली, रुद्र चम्लागाँई, रेखा लावती, सविना राई, इश्वरी प्रसाद निरौला, खगेन्द्र सिग्देल, प्रयागराज सुवेदी तथा इन्द्र लावती सर्वसम्मत चयन भएका छन्।
अधिवेशनले केन्द्रीय प्रतिनिधिका रूपमा महेन्द्र बिक्रम थाम्सुहाङ, चन्द्रराज आङदेम्बे, भिम शिवाकोटी तथा माया चौहान लाई चयन गरेको छ। यस्तै प्रदेश प्रतिनिधिमा लक्ष्मण लावती र सिर्जना रिजाल सर्वसम्मत चयन भएका छन्।
अधिवेशनकै अवसरमा विभिन्न राजनीतिक दल १५० जना भन्दा धेरैले पार्टी परित्याग गर्दै राष्ट्रिय स्वातन्त्र पार्टीमा प्रबेश गरेका छन्। नवप्रवेशीहरूलाई पार्टी नेतृत्वले स्वागत गर्दै जिल्लामा वैकल्पिक राजनीति, सुशासन, पारदर्शिता र जनउत्तरदायी शासन स्थापनाका लागि एकजुट भएर काम गर्न आह्वान गरेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले रास्वपाप्रति जनताको आकर्षण बढ्दै गएको उल्लेख गर्दै नयाँ नेतृत्वले जिल्लामा पार्टी संगठन विस्तार र जनसरोकारका विषयमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।
विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक अगुवा, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थितिमा सम्पन्न अधिवेशनले पाँचथरमा रास्वपाको संगठनात्मक आधारलाई थप सुदृढ बनाएको आयोजकले जनाएको छ। नवनिर्वाचित नेतृत्वले जनताको अपेक्षा अनुरूप स्वच्छ, पारदर्शी र उत्तरदायी राजनीतिक अभ्यासलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु