रास्वपा पाँचथरको प्रथम जिल्ला अधिवेशन सम्पन्न, विभिन्न दलका नेता–कार्यकर्ता पार्टी प्रवेश

अजेन्द्र वाईबा तामाङ जेष्ठ २४ , पाँचथर
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाँचथरको प्रथम जिल्ला अधिवेशन जिल्ला समन्वय समिति पाँचथरको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्नुका साथै विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गरेको छ।
अधिवेशनबाट प्रकाश गुरुङ सर्वसम्मत रूपमा जिल्ला अध्यक्ष चयन भएका छन्। त्यसैगरी उपाध्यक्षमा सहरसिंह तामाङ, सचिवमा कुशल जवेगू, सह–सचिवमा कविहाङ सेलिङ तथा कोषाध्यक्षमा सिर्जना रिजाल सर्वसम्मत चयन भएका छन्।
सदस्यहरूमा ज्ञानेन्द्र रसाइली, रुद्र चम्लागाँई, रेखा लावती, सविना राई, इश्वरी प्रसाद निरौला, खगेन्द्र सिग्देल, प्रयागराज सुवेदी तथा इन्द्र लावती सर्वसम्मत चयन भएका छन्।
अधिवेशनले केन्द्रीय प्रतिनिधिका रूपमा महेन्द्र बिक्रम थाम्सुहाङ, चन्द्रराज आङदेम्बे, भिम शिवाकोटी तथा माया चौहान लाई चयन गरेको छ। यस्तै प्रदेश प्रतिनिधिमा लक्ष्मण लावती र सिर्जना रिजाल सर्वसम्मत चयन भएका छन्।
अधिवेशनकै अवसरमा विभिन्न राजनीतिक दल १५० जना भन्दा धेरैले पार्टी परित्याग गर्दै राष्ट्रिय स्वातन्त्र पार्टीमा प्रबेश गरेका छन्। नवप्रवेशीहरूलाई पार्टी नेतृत्वले स्वागत गर्दै जिल्लामा वैकल्पिक राजनीति, सुशासन, पारदर्शिता र जनउत्तरदायी शासन स्थापनाका लागि एकजुट भएर काम गर्न आह्वान गरेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले रास्वपाप्रति जनताको आकर्षण बढ्दै गएको उल्लेख गर्दै नयाँ नेतृत्वले जिल्लामा पार्टी संगठन विस्तार र जनसरोकारका विषयमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।
विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक अगुवा, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थितिमा सम्पन्न अधिवेशनले पाँचथरमा रास्वपाको संगठनात्मक आधारलाई थप सुदृढ बनाएको आयोजकले जनाएको छ। नवनिर्वाचित नेतृत्वले जनताको अपेक्षा अनुरूप स्वच्छ, पारदर्शी र उत्तरदायी राजनीतिक अभ्यासलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट