फिदिममा लागू पदार्थ दुर्व्यसनविरुद्ध सचेतना अभियान

अजेन्द्र वाईबा तामाङ
बैशाख २७, पाँचथर

पाँचथरको फिदिममा लागू पदार्थ दुर्व्यसन न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। हुलाक लाइन युवा क्लब पाँचथरको आयोजना तथा फिदिम नगरपालिकाको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पाँचथर, जिल्ला प्रहरी कार्यालय पाँचथर, सशस्त्र प्रहरी बल हिमशिखर गुल्म लगायत विभिन्न संघ–संस्थाको सहयोग रहेको थियो। कमल थपलिया, राजन काफ्ले र राजेन्द्र अधिकारीले समेत सहयोग गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि फिदिम नगरपालिकाका नगर प्रमुख मित्रप्रसाद काफ्ले रहेका थिए। विशेष अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल, प्रहरी निरीक्षक दिनेश तिम्सिना, सशस्त्र प्रहरी निरीक्षक नरेश राना मगर, प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद भट्टराई, राष्ट्रिय अनुसन्धान कार्यालय प्रमुख दुर्गा चापागाईं, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति प्रकाश गुरुङ, नेपाली कांग्रेसका सभापति रूपनारायण जबेगु, नेकपा एमालेका अध्यक्ष बिमल सापकोटा तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विशाल रसाइलीको उपस्थिति रहेको थियो।

त्यसैगरी फिदिम नगरपालिका वडा नं. १ का अध्यक्ष गजाधार भट्टराई, वडा नं. ४ का अध्यक्ष उपेन्द्र लावती, संस्थापक संरक्षक सूर्यकुमार निरौला तथा फिदिम माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मी भण्डारी लगायतको सहभागिता रहेको थियो। कार्यक्रम फिदिम नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो।

सचेतना कार्यक्रम अन्तर्गत फिदिम–१ स्थित शिवालय मन्दिर परिसर सरसफाइ गरिएको थियो। त्यसपछि फिदिम माध्यमिक विद्यालय, सुखबोध माध्यमिक विद्यालय, गढी माध्यमिक विद्यालय, विधावरदान बोर्डिङ स्कुल तथा नीलकण्ठ इङ्लिस स्कुलका विद्यार्थी र शिक्षकहरूको सहभागितामा बजार परिक्रमा सहितको र्‍याली निकालिएको थियो। र्‍याली फिदिम बजार परिक्रमा गर्दै नगरपालिकामा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको आयोजकले जनाएको छ।

कार्यक्रममा प्रिम्युष भुटियाले लागू पदार्थ दुर्व्यसनविरुद्ध विशेष सन्देश दिएका थिए। कार्यक्रममा हुलाक लाइन युवा क्लबका अध्यक्ष सूर्य नेम्वाङ र सचिव राजन त्रिखत्रीको सक्रिय भूमिका रहेको थियो।

आयोजकका अनुसार युवापुस्तामा बढ्दो लागू पदार्थ दुर्व्यसन नियन्त्रण तथा समाजमा सकारात्मक चेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट