डा. किरन थापा मगर ताप्लेजुङ अस्पतालमा नियुक्त

अजेन्द्र वाईबा तामाङ
बैशाख २३,पाँचथर
जिल्ला अस्पताल पाँचथरमा कार्यरत डा. किरन थापा मगरलाई जिल्ला अस्पताल ताप्लेजुङमा सरूवा गर्नु भएको छ। उहाँलाई जिल्ला अस्पताल ताप्लेजुङको मेडिकल सुपरिटेन्डेन्ट (मे.सु.) को जिम्मेवारी समेत दिइएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगरको मिति २०८३/०१/२१ गतेको निर्णयअनुसार डा. थापालाई उक्त जिम्मेवारी प्रदान गरिएको हो।
स्थायी घर बुटवल भएका डा. थापा स्वास्थ्य सेवामा अनुभवी चिकित्सकका रूपमा परिचित हुनुहुन्छ। उहाँले बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS), धरानबाट उच्च शिक्षा हासिल गर्नुभएको छ।
डा. थापाको आगमनसँगै जिल्ला अस्पताल ताप्लेजुङको सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट