क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न

‘बैशाख एक झापा नाटक घरमा भेट’ भन्ने स्लोगन का साथ
नव वर्ष २०८३ को पहिलो दिन क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा झापा नाटक घर बिर्तामोड झापामा एउटा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरी नव वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रिय उपाध्यक्ष हरिप्रसाद भण्डारीको सभापतित्वमा गरिएको कार्यक्रममा कविता, गीत, गजल, मुक्तक र कमेडियन प्रस्तुतिको वाचन गरियो, सरगम सङ्गीतालय बिर्तामोडका प्रशिक्षार्थीहरूको सामुहिक नृत्यको प्रस्तुति, क्षितिज नाट्य प्रतिष्ठानका कलाकार एवम् केही अन्य कलाकार समेतको कला प्रस्तुति हेरेर र सुनेर अत्यन्तै आकर्षक र भव्य रूपमा आजको दिनलाई सार्थक बनाइयो ।
कार्यक्रममा उपस्थित रहनुहुने र आफ्नो सिर्जना र कलालाई प्रस्तुत गर्नुहुने महानुभावहरू निम्न अनुसार रहनुभएको थियो डि पि शर्मा, लीला अधिकारी,
सिरो सान्दाइ खतिवडा, कृष्ण सुवेदी निराकार, बिरही अधिकारी, हरिप्रसाद न्यौपाने, देवीचरण भण्डारी, नवराज घिमिरे, मोक्ष खतिवडा, लक्ष्मीअच्युत ढुङ्गाना, डिल्लीराम परदेशी, कृष्णप्रसाद मिश्र, गणेशप्रकाश आचार्य, लीला खत्री खतिवडा, दिपक रायमाझी, मोहनप्रसाद ओझा, शेखर भट्टराई, शेखर पौडेल, प्रतिभा पौडेल, सुरेन्द्र राई, सितल खनाल, ताराप्रकाश भट्टराई, सृष्टि आचार्य, किरण दहाल, दीपा शिवाकोटी, स्मृति निरौला, देवीमाया प्रसाईं, मुना प्रसाईँ, माधव भेटवाल, सुजन शिवाकोटी, योगेन दाहाल, राजकुमार भट्टराई, समीक्षा खतिवडा भट्टराई, उर्मिला लिम्बू, अर्पना लिम्बू, जिनिशा चम्लागाईँ, समिक शाह, सारु चम्लागाईँ, जेनिश चम्लागाईँ, अर्पिता लिम्बू, उनिवा पाण्डे, रत्नश्री मिश्र, मनबहादुर कटुवाल, सीता तिम्सिना,  पूर्णिमा निर्दोष, हेमा भट्टराई, कमला कटुवाल, पुष्पा भट्टराई, प्रसुन गुउरागाईँ, दीप्सा श्रेष्ठ, आशुतोष भट्टराई, निर्जना रिजाल, सान्सा रिजाल, प्रतीक्षा पौडेल आदि । कार्यक्रमलाई बत्ती व्यवस्थापन र आवाजको प्राविधिक संयोजन गर्ने नाट्य कलाकार बिबेक मिश्र रहनुभएको थियो
नयाँ वर्षको यो पावन अवसर पारेर गरिएको आजको कार्यक्रममा उपस्थित महानुभावहरूको सामुहिक उपस्थितिमा वरिष्ठ शिक्षासेवी सिरो सान्दाइ खतिवडा र प्रलेस झापा जिल्ला अध्यक्ष लीलाप्रसाद अधिकारीको संयुक्त बाहुलीबाट रिवन काटेर क्षितिज पुस्तकालयको उद्घाटन पनि गरिएको थियो ।
सानासाना बाल कलाकारदेखि वरिष्ठ साहित्यकारका सिर्जना र कलाको रोमाञ्चक प्रस्तुतिले कार्यक्रम अत्यन्तै सव्य र भव्य रूपमा सम्पन्न हुनका साथै कार्यक्रमका कुशल सञ्चालक कवि साहित्यकार तुलसीप्रसाद भट्टराईको सुन्दर सञ्चालनले अझै आकर्षक भएको थियो ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट