मोरङ सुन्दरहरैँचाबाट पेस्तोल र २ थान वाकी टकी सहित प्रेम र सिलास पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैँचाबाट पेस्तोल र भरुवा बन्दुकसहित प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–२ बेलडाँगीका २८ वर्षीय सिलास लिम्बू र सुन्दरहरैँचा–३ का २९ वर्षीय प्रेमबहादुर गुरुङ रहेका छन् ।

दुवै जनालाई सोमबार साँझ ६ बजेतिर इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले पक्राउ गरेको थियो । लिम्बूको घरमा हतियार लुकाएर राखिएको विशेष सूचनाका आधारमा नियन्त्रणमा लिन प्रहरी पुगेको थियो ।

प्रहरीले घर खानलतासी गर्ने क्रममा लिम्बू सुत्ने कोठाभित्र मेड इन यूएसए लेखिएको पेस्तोल, एउटा भरुवा बन्दुक र २ थान वाकी टकी फेला परेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए । उनका अनुसार सोधपुछका क्रममा लिम्बूले उक्त हतियार गुरुङबाट लिएको बताएका थिए । त्यसलगत्तै प्रहरीले गुरुङलाई पनि पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको छ ।

पक्राउ परेकाविरुद्ध हातहतियार खरखजाना मुद्दा चलाउने प्रहरीको तयारी छ । यस विषयमा इलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको मोरङ प्रहरीले जनाएको छ ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु