लिम्बूहरूको धार्मिक तीर्थस्थल मोरङको आमबारीमा ‘सिलाम साक्मा’ को प्रतिमा स्थापना

मोरङ-  लिम्बूहरूको धार्मिक तीर्थस्थल मोरङको उर्लाबारी–९, आमबारीमा सुमन थक्लुङले आमाको स्मृतिमा ‘सिलाम साक्मा’ को प्रतिमा स्थापना गर्नुभएको छ । स्वर्गीय लक्ष्मीमाया हुक्पा चोङबाङ (थक्लुङ) को स्मृतिमा उहाँका छोराले ‘सिलाम साक्मा’ को प्रतिमा बनाइदिनुभएको हो । किराँत याक्थुम चुम्लुङ उर्लाबारी नगर शाखालाई थक्लुङ परिवारले ‘सिलाम साक्मा’ अनावरण गरी संरक्षणको जिम्मा लगाएको छ । अनावरण कार्यक्रममा छोरा सुमन थक्लुङले भन्नुभयो, “आमा लिम्बू जातिको कला संस्कृतिको जगेर्नामा ख्याल राख्नुहुन्थ्यो । त्यसैले उहाँको सम्झनालाई जीवन्त राख्न ‘सिलाम साक्मा’ निर्माण गरिदिएका हौँ ।”

के हो, ‘सिलाम साक्मा’ ?

लिम्बू जातिको सघन बसोबास भएको क्षेत्रमा हुने सार्वजनिक समारोहमा अतिथिलाई अचेल ब्याजको सट्टा आकर्षक ‘सिलाम साक्मा’ लगाएर स्वागत गर्ने चलन छ । बाँसको दुई कप्टेरोमा विभिन्न रङका धागो हातले जडेर बनाइएको चारकुने ‘सिलाम साक्मा’ को छेउमा फुर्को राखिएको हुन्छ । सामाजिक वा सार्वजनिक समारोहमा सहभागी हुँदा महिलारपुरुष छातीमा ‘सिलाम साक्मा’ सजाएर पुग्ने गर्छन् । ‘सिलाम साक्मा’ मुन्धुम र लिम्बू परम्पराको महत्वपूर्ण तङ्सिङ संस्कारमा प्रयोग हुने गर्छ ।

अधिकांश लिम्बू सङ्घसंस्थाका लोगो ‘सिलाम साक्मा’ आकारको छ । घरको सजावटमा पनि यसको प्रयोग गरिन्छ । लिम्बू जातिको परम्परा र संस्कृतिमा आधारित यसको प्रयोग अरू जातिले पनि गर्छन् । लिम्बू भाषाको ‘सिलाम साक्मा’ शब्दले मृत्युको बाटो छेक्ने अर्थ दिने याक्थुङ उर्लाबारीका अध्यक्ष बानु सुब्बा बताउनुहुन्छ । उहाँका अनुसार ‘सि’ को अर्थ मृत्यु, ‘लाम’ को अर्थ बाटो र ‘साक्मा’ को अर्थ

रोक्नु हो । यसर्थ मृत्युको बाटो रोक्नेका रूपमा ‘सिलाम साक्मा’ लाई लिइन्छ । प्रसिद्ध तङ्सिङ तक्मा अनुष्ठानसँग ‘सिलाम साक्मा’ जोडिन्छ ।

“पहिले यो धातु र छालाको बन्ने गथ्र्यो । हतियार प्रहारबाट रोक्न प्रयोग हुन्थ्यो । पछि तान्त्रिक रूपमा पूजामा राख्न थालियो,” सुब्बा भन्नुहुन्छ, “नराम्रो कुरा रोक्न यसो गरिन्थ्यो । यो बाँस र बेतबाँसबाट पनि बनाइन्थ्यो । पछि धागो र बाँसको बनाउन थालियो । तङ्सिङमा सहभागीलाई घरमा राख्न ‘सिलाम साक्मा’ दिइन्छ । यो महत्वपूर्ण परम्पराको निरन्तरता हो ।” ‘सिलाम साक्मा’ लाई जीवनको सुरक्षाकवजका रूपमा लिइन्छ । “पहिले अनुष्ठान गर्दा घर घरमा राखिन्थ्यो । पछिल्लो समय पाहुना तथा सार्वजनिक समारोहमा प्रयोग गर्न थालिएको छ,” सुब्बा भन्नुहुन्छ, “पाहुना अतिथिको सुरक्षा होस् भन्ने विश्वासका साथ यो लगाइन्छ ।”

संस्कारमा तङ्सिङ र याग्राङसिङ अनुष्ठान अति महत्वपूर्ण हुने बताइन्छ । यी अनुष्ठानमा ‘सिलाम साक्मा’ बनाएर प्रयोग गरिन्छ । मानव जीवनको उपकारका लागि तङ्सिङ गरिन्छ । यस्तै अकालमा मृत्यु भएकाको आत्मालाई ठेगान लगाउन याग्रासिङ अनुष्ठान गरिन्छ ।

यही अनुष्ठानमा प्रयोग हुने ‘सिलाम साक्मा’ को प्रतीकचिह्न सार्वजनिक कार्यक्रम तथा जीवनमा प्रयोग गरिन्छ । अतङसिङ, ‘सिलाम साक्मा’ येहाङ दर्शनमा आधारित छ ।

  • Related Posts

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    राज याक्खा/ताप्लेजुङ फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनबाट श्री जनता माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सञ्जय लिम्बू सुब्बालाई कामकाजमा रोक लगाएको पत्राचार पछि सुब्बा सर्वोच्च अदालत पुगेका हो। अदालतले…

    जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

    राज याक्खा/ताप्लेजुङ् फुङ्लिङ नगरपालिका–९ हाङदेवास्थित जनता माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी विवाद सर्वोच्च अदालत सम्म पुगेको छ। अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन भइसकेको निवेदक सञ्जय लिम्बू सुब्बाको दाबी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली