निरन्तर वर्षाले सडक भारियो, इलाम र खोटाङका सडक अवरुद्ध, सवारी सञ्चालनमा रोक

इलाम, १४ कात्तिक । बिहीबारदेखि जारी निरन्तर वर्षाका कारण मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रशासन कार्यालय इलामका अनुसार सडक विभिन्न स्थानमा दबिएको, भासिएको र चिरिएको छ।

त्यसैगरी, तिल्केनी–सिमलगोला–शिल्पुर सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ। दुबै सडकखण्डमा सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको प्रशासनले जनाएको छ।

स्थानीय प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, “उल्लेखित बाटो हुँदै सवारी सञ्चालनमा अर्को सूचना जारी नभएसम्म पूर्ण रूपमा रोक लगाइएको व्यहोरा सरोकारवाला सबैमा जानकारी गराउँदछौँ।”

गएराति कोसी प्रदेशका अधिकांश स्थानमा वर्षा भएको छ। प्रहरीका अनुसार अन्य स्थानहरूमा पनि पहिरो र सडक क्षतिको जोखिम बढेको छ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी ध्रुबकुमार श्रेष्ठले खोटाङमा एक स्थानमा सडक अवरुद्ध भएको जानकारी दिएका छन्। साथै, बिपी राजमार्गको काभ्रे जिल्लाका चौकीडाँडा, चारसयबेशी, डालाबेशी, नार्केललगायत स्थानहरूमा लेदो सहितको पहिरो खसेपछि कोसी प्रदेशबाट गएका सवारीसाधनलाई सचेत गराइएको उनले बताए।

  • Related Posts

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    राज याक्खा/ताप्लेजुङ फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनबाट श्री जनता माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सञ्जय लिम्बू सुब्बालाई कामकाजमा रोक लगाएको पत्राचार पछि सुब्बा सर्वोच्च अदालत पुगेका हो। अदालतले…

    जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

    राज याक्खा/ताप्लेजुङ् फुङ्लिङ नगरपालिका–९ हाङदेवास्थित जनता माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी विवाद सर्वोच्च अदालत सम्म पुगेको छ। अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन भइसकेको निवेदक सञ्जय लिम्बू सुब्बाको दाबी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली