निरन्तर वर्षाले सडक भारियो, इलाम र खोटाङका सडक अवरुद्ध, सवारी सञ्चालनमा रोक

इलाम, १४ कात्तिक । बिहीबारदेखि जारी निरन्तर वर्षाका कारण मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रशासन कार्यालय इलामका अनुसार सडक विभिन्न स्थानमा दबिएको, भासिएको र चिरिएको छ।

त्यसैगरी, तिल्केनी–सिमलगोला–शिल्पुर सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ। दुबै सडकखण्डमा सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको प्रशासनले जनाएको छ।

स्थानीय प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, “उल्लेखित बाटो हुँदै सवारी सञ्चालनमा अर्को सूचना जारी नभएसम्म पूर्ण रूपमा रोक लगाइएको व्यहोरा सरोकारवाला सबैमा जानकारी गराउँदछौँ।”

गएराति कोसी प्रदेशका अधिकांश स्थानमा वर्षा भएको छ। प्रहरीका अनुसार अन्य स्थानहरूमा पनि पहिरो र सडक क्षतिको जोखिम बढेको छ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी ध्रुबकुमार श्रेष्ठले खोटाङमा एक स्थानमा सडक अवरुद्ध भएको जानकारी दिएका छन्। साथै, बिपी राजमार्गको काभ्रे जिल्लाका चौकीडाँडा, चारसयबेशी, डालाबेशी, नार्केललगायत स्थानहरूमा लेदो सहितको पहिरो खसेपछि कोसी प्रदेशबाट गएका सवारीसाधनलाई सचेत गराइएको उनले बताए।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु