सिरिजंघा २ मा भव्य संघीय मेला: २०८१ को पौष १६ देखि १८ सम्म भलिबल र सांगीतिक कार्यक्रम ।

ताप्लेजुङ, सिरिजंघा २ आम्बेगुदिनमा सदा झै लाग्दै आएको ऐतिहासिक संघीय मेला यस वर्ष पनि २०८१ सालको पौष १६ देखि १८ गतेसम्म भव्य रुपमा आयोजना हुने भएको छ। यस वर्षको मेला विशेष रुपमा अन्तरगाउँपालिका र वडा स्तरका भलिबल प्रतियोगिता र राष्ट्रियस्तरका कलाकारहरूको सांगीतिक प्रस्तुतिसँग सम्पन्न हुनेछ।

कार्यक्रमको आकर्षण, भलिबल प्रतियोगितामा भाग लिने टिमहरूको लागि आकर्षक पुरस्कारहरू तय गरिएको छ। प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमले रु. ८१,००० हजार का साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्वितीय स्थान प्राप्त गर्ने टिमले रु. ४१,००० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै, तृतीय स्थान प्राप्त टिमले रु. १५,००० हजार पाउने छन्।

यस मेलामा स्थानीय कला र संस्कृतिको समृद्धि प्रकट गर्नका लागि स्थानिय तथा राष्ट्रिय स्तरका कलाकारहरूको मनमोहक सांगीतिक कार्यक्रम पनि प्रस्तुत गरिने छ।

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगिसकेको र मेलामा सहभागी सबैलाई स्वागत गर्ने तयारी गरिरहेको आयोजकहरूले बताएका छन्।

अध्यक्ष उमेश अधिकारिले निलोपाटि संग कुरा गर्दै भने, “हामी यस वर्षको मेला सबैका लागि अझ थप उत्सवमय र समृद्ध बनाउने तयारीमा छौं। विशेष गरी भलिबल प्रतियोगिता र सांगीतिक कार्यक्रमले समुदायमा एकता र भाईचारा को भावना अझ बलियो बनाउनेछ। म सबैलाई कार्यक्रममा सहभागिता जनाउन र मेलाको सफलतामा योगदान पुर्याउन आह्वान गर्दछु।”

  • Related Posts

    अर्जुनधारामा लागूऔषध न्यूनीकरण तथा शैक्षिक सहयोग कार्यक्रमहरू सम्पन्

    झापा, अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका विभिन्न स्थानमा लागूऔषध दुर्व्यसन न्यूनीकरण, ट्राफिक सचेतना अभिवृद्धि तथा शैक्षिक सहयोगसम्बन्धी कार्यक्रमहरू सम्पन्न भएका छन्। लक्ष्मी माध्यमिक विद्यालयमा आयोजित लागूऔषध तथा ट्राफिक सचेतना कार्यक्रममा विद्यार्थी,…

    प्रदेश सरकारकाे ५ लाखको कंक्रिट वाल एक महिनामै ढल्यो

    अजेन्द्र वाईबा तामाङ जेष्ठ २९,पाँचथर कोशी प्रदेश सरकारको ५ लाख रुपैयाँ लगानीमा फिदिम नगरपालिका–१ स्थित पतञ्जलि योग समितिको भवन संरक्षणका लागि निर्माण गरिएको कंक्रिट वाल निर्माण सम्पन्न भएको एक महिना…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    अर्जुनधारामा लागूऔषध न्यूनीकरण तथा शैक्षिक सहयोग कार्यक्रमहरू सम्पन्

    अर्जुनधारामा लागूऔषध न्यूनीकरण तथा शैक्षिक सहयोग कार्यक्रमहरू सम्पन्