मोटरसाइकल दुर्घटनामा राष्ट्रिय रमणीय आदर्श माविका प्रधानाध्यापक गिरीराज शेर्माको दुःखद नि धन

अजेन्द्र वाईबा तामाङ
साउन ८,झापा
झापाको शिवसताक्षी नगरपालिका–दूधेस्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक गिरीराज शेर्माको आज मोटरसाइकल दुर्घटनामा परी दुःखद निधन भएको छ। उहाँ ४९ वर्षका हुनुहुन्थ्यो।
पाँचथरको तुम्बेवा गाउँपालिका–१, साबित आङ्ना–९, शेर्मा टोलका स्थायी बासिन्दा शेर्मा हाल झापाको शिवसताक्षीस्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा प्रधानाध्यापकका रूपमा कार्यरत हुनुहुन्थ्यो। आज केराबारी–धरान सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परी उहाँको निधन भएको हो।
शिक्षा क्षेत्रमा समर्पित, अनुशासित र कर्मशील व्यक्तित्वका रूपमा परिचित शेर्माले विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको सर्वाङ्गीण विकास तथा विद्यालयको समग्र उन्नयनमा उल्लेखनीय योगदान पुर्‍याउनुभएको थियो। उहाँको नेतृत्वमा विद्यालयले शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उल्लेखनीय प्रगति हासिल गरेको भन्दै सहकर्मी, विद्यार्थी र अभिभावकहरूले उहाँलाई एक प्रेरणादायी शिक्षक तथा कुशल प्रशासकका रूपमा स्मरण गरेका छन्।
उहाँको असामयिक निधनले विद्यालय परिवार, विद्यार्थी, अभिभावक, स्थानीय समुदाय तथा शिक्षा क्षेत्रमा अपूरणीय क्षति पुगेको छ। दुर्घटनाप्रति दुःख व्यक्त गर्दै विभिन्न सामाजिक, शैक्षिक तथा स्थानीय संघ–संस्थाले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन्।
दुर्घटनाको कारण र अन्य विवरणबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको जनाइएको छ।

  • Related Posts

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    अजेन्द्र वाईबा तामाङ साउन ११ ,फिदिम पाँचथरको फिदिममा नेपाल पत्रकार महासंघ पाँचथरको सभाहलमा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी आज देखि सुरु भएको छ। किरात राई यायोक्खाको आयोजनामा तथा नेपाल आदिवासी…

    पाँचथरमा नौमती बाजा सहित बेठि उत्सब मनाए

    अजेन्द्र वाईबा तामाङ साउन ९ ,पाँचथर पाँचथरको फिदिम नगरपालिका–५ मा शनिबार परम्परागत बेठी उत्साहपूर्वक मनाइएको छ। स्थानीय लक्ष्मीप्रसाद चापागाईँको धान रोपाइँलाई सामूहिक श्रम र सांस्कृतिक उत्सवका रूपमा रूपान्तरण गर्दै परिवार,…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु