झापा, अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका विभिन्न स्थानमा लागूऔषध दुर्व्यसन न्यूनीकरण, ट्राफिक सचेतना अभिवृद्धि तथा शैक्षिक सहयोगसम्बन्धी कार्यक्रमहरू सम्पन्न भएका छन्।

लक्ष्मी माध्यमिक विद्यालयमा आयोजित लागूऔषध तथा ट्राफिक सचेतना कार्यक्रममा विद्यार्थी, शिक्षक र स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा लागूऔषधको असर, कानुनी व्यवस्था तथा ट्राफिक नियमबारे जानकारी प्रदान गरिएको थियो।

त्यसैगरी गिरिबन्धु चिया बगान क्षेत्रको सुकुम्बासी बस्तीमा आयोजित सचेतना कार्यक्रममा स्थानीय बासिन्दा, युवा तथा विद्यार्थीलाई लागूऔषधको दुष्प्रभाव र रोकथामका उपायबारे जानकारी दिइएको थियो।

यस्तै अर्जुनधारा–११ स्थित जुन्किरी विद्यालयमा विद्यार्थीहरूलाई स्टेशनरी सामग्री तथा चकलेट वितरण गरिएको थियो। कार्यक्रमले विद्यार्थीहरूमा उत्साह थपेको आयोजकले जनाएका छन ।

खुदुनाबारी परोपकार केन्द्र र अर्जुनधारा सचेत युवाको सक्रियतामा सम्पन्न भएका यी कार्यक्रमहरूमा समाजसेवी, जनप्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो। कार्यक्रम संयोजक शितल कार्कीले लागूऔषधमुक्त, सुरक्षित र शिक्षामैत्री समाज निर्माणका लागि यस्ता अभियानलाई निरन्तरता दिइने बताउनुभयो।



