काँकरभिट्टा नाकाबाट सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात

झापा, ९ पुस । चालु आर्थिक वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आव २०८१–८२ को सोही अवधिको तुलनामा २३ करोड ५२ लाख ७० हजार अर्थात् ३.१० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व २.५० प्रतिशत अर्थात् रु नौ करोड ४२ लाख ९५ हजारले बढेको सूचना अधिकारी हुमागाईँले जानकारी दिनुभयो ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पाँच महिनामा पेट्रोलियम पदार्थ आयातबाट रु तीन अर्ब ८० करोड ५८ लाख ६४ हजार राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा रु तीन अर्ब ८२ करोड ७० लाख मूल्यका ४३ हजार १६० किलोलिटर पेट्रोल आयात भएको थियो । त्यसैगरी, रु दुई अर्ब ५३ करोड १६ लाख मूल्यका २६ हजार १२० किलोलिटर डिजेल आयात भएको छ ।

त्यसैगरी, उक्त पाँच महिनामा रु एक अर्ब एक करोड ६० लाख मूल्यका १० हजार ४८० मेट्रिक टन एलपी ग्यास, रु ३२ करोड ८२ लाखको तीन हजार ५८० किलोलिटर एटीएफ र रु छ करोड ३१ लाखका ६८० किलोलिटर मट्टितेल आयात भएको छ ।

  • Related Posts

    श्री जनता माध्यमिक विद्यालयमा एउटै मितिमा एकै व्याक्तिको दुई नामको बिदा निवेदन, कुन आधारले दर्ता भयो?

    राज याक्खा / ताप्लेजुङ् ताप्लेजुङको जनता माध्यमिक विद्यालयमा एक शिक्षकको बिदासम्बन्धी कागजातले विद्यालयको प्रशासनिक अभिलेखीकरण र निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ। प्राप्त कागजातअनुसार एउटै मितिमा एउटै शिक्षकका नाममा दुईवटा…

    पाँचथरको फिदिममा श्रम संस्कृती पार्टी द्वारा बृहत् श्रमदान

    अजेन्द्र वाईबा तामाङ भदौ ६, पाँचथर श्रम संस्कृति पार्टी पाँचथरले फिदिम नगरपालिका वडा नं. १, २ र ४ को संयुक्त आयोजनामा शनिबार श्रमदान कार्यक्रम गरेको छ। ‘आफ्नो गाउँ आफैँ बनाऔँ’…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    श्री जनता माध्यमिक विद्यालयमा एउटै मितिमा एकै व्याक्तिको दुई नामको बिदा निवेदन, कुन आधारले दर्ता भयो?

    श्री जनता माध्यमिक विद्यालयमा एउटै मितिमा एकै व्याक्तिको दुई नामको बिदा निवेदन, कुन आधारले दर्ता भयो?