सरकारसँग असन्तुष्ट जेन-जी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

काठमाडौं, पुस ७ । सरकारसँग असन्तुष्ट जेनजी समूहले आजबाट विरोध प्रदर्शन गर्दै छ । बिहान ११ बजेदेखि माइतीघरमा प्रदर्शन गर्ने जेनजी समूहले बताएको छ ।

आन्दोलनबारे जेनजी अगुवा मिराज ढुंगाना भन्छन्, “हामी कोही कसैबाट पनि परिचालित भएका छैनौँ । सुरुआती दिनहरूदेखि नै हाम्रा मागहरू स्पष्टै छन् । फेरिएका पनि छैनन् । आन्दोलन शान्तिपूर्ण हुन्छ ।”

आफैँले बनाएको सरकारले जेनजीका माग र मुद्दाहरू ‘अपहरण’ गरेको भन्दै विभिन्न जेनजी समूहहरूले प्रधानमन्त्रीको १०० दिन पुगेकै दिन आन्दोलनको घोषणा गरेका हुन् । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको १०० दिनको कामले नै असफल भएको निष्कर्ष आन्दोलनको तयारी गरेका जेनजी समूहको छ ।

१०० दिनमै कार्की नेतृत्वको सरकारविरुद्ध जेनजी, प्रशासनको अनुमतिबिनै उत्रिँदै छन् सडकमा गरिखान देउ, जेनजी मुभमेन्ट नेपाल, जेनजी नेसनल फ्रन्ट, जेनजी स्पार्क, एन–टेक जेनजी, जेनजी पार्लियामेन्ट, जीबीबी समूह, जेवाईएन समूह, जेनजी युनाइटेड, स्वतन्त्र जेनजी नेपाल, डिजिटल टास्कफोर्स जेनजी समूहले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आएका छन् ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु