झापामा दुर्लभ प्रजातिको कछुवाको उद्धार

झापा, १५ मंसीर । झापाको मेचीनगर नगरपालिका–२ बौद्धमोडबाट दुई वटा दुर्लभ प्रजातिको कछुवाको आइतबार उद्धार गरी ती कछुवालाई बाहुनडाँगी प्रहरी चौकीमा सुरक्षित राखिएको छ ।

स्थानीय सुरेन्द्रकुमार महतले फेला पारेका ती फरक दुई प्रजातिका कछुवा आफ्नै घरमा राख्दै आएका थिए । वन्यजन्तु संरक्षणकर्मी शंकर लुइँटेलले दुर्लभ प्रजातिको कछुवाको संरक्षण आवश्यक रहेको बताउँदै महतको घरबाट ती कछुवा उद्धार गरेका हुन् ।

संरक्षणकर्मी लुइँटेलले डिभिजन वन कार्यालय झापालाई कछुवा उद्धार गरिएको बताए । उद्धार गरिएका कछुवालाई डिभिजन वन कार्यालयमार्फत अर्जुनधारामा रहेको कछुवा प्रजनन तथा संरक्षण केन्द्रमा राखिने उनले जानकारी दिए ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट