रेखा खोलामा शव फेला, २ जना पक्राउ

झापा, ६ मंसिर । बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोलामा शव फेला परेपछि प्रहरीले दुई जनालाई पक्राउ गर्दै अनुसन्धान सुरु गरेको छ ।

अनारमनी इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठका अनुसार बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोला नजिकै बिर्तामोड–६ निवासी ५२ वर्षीय आनन्द चौधरीको शव स्थानीयले गएराति फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालयको प्रहरी टोली घटनास्थल पुग्यो। प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए। राति कानुनी प्रक्रिया सम्पन्न गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइयो। उनले बताए ।

घटनासम्बन्धी अनुसन्धानका क्रममा सोही स्थानका ४८ वर्षीय पुरन चौधरी र ३२ वर्षीय श्याम चौधरीलाई प्रहरीले नियन्त्रणमा लियो। दुवै जनामाथि आवश्यक अनुसन्धान सुरु गरियो। प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।रासस

  • Related Posts

    राजदुवालीको मेची राजमार्गमा ढिस्को खस्दा ठूला गाडी ठप्प

    इलाम– मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ को राजदुवाली खण्डमा पुनः पहिरो झरेपछि ठूला सवारीसाधनको आवागमन अवरुद्ध भएको छ। साना सवारीसाधन भने सञ्चालनमा रहेका छन्। शुक्रबार साँझ सो क्षेत्रमा पहिरो झरेपछि आज…

    डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती

    पाँचथर,   सडक पुल नभएका नदी तथा खोला बनाइएका अस्थायी डाइभर्सनलाई पटकपटक बाढीले बगाउने गरेपछि यात्रीलाई सास्ती हुने गरेको छ । यहाँका मुख्य सडकहरूमा बनाइएका अस्थायी डाइभर्सन वर्षासँगै आउने बाढीले…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    राजदुवालीको मेची राजमार्गमा ढिस्को खस्दा ठूला गाडी ठप्प

    राजदुवालीको मेची राजमार्गमा ढिस्को खस्दा ठूला गाडी ठप्प