झापा, ७ मंसिर । झापाको बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोलामा करेण्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ ।
शनिबार बिजुलीको पोलको तारबाट करेन्ट जडान गरी माछा मार्ने क्रममा ५२ वर्षीय आनन्द चौधरीलाई करेण्ट लाग्दा घटनास्थलमै मृत्यु भएको हो ।
यस घटनामा सहयोग गर्ने ऐतबारे बस्ने ४८ वर्षीय पुरन चौधरी र ३२ वर्षीय श्याम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको छ। मृतकको शवलाई कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।



