गाडीसहित बेपत्ता भएका शर्माको सब गाडिएको अवस्थामा फेला

बिर्तामोड कार्तिक १५ ।। कही दिन देखि हराइरहेका शिवसताक्षी नगरपालिका–१० सन्थाल बस्तीका सरोज शर्माको शब हत्या गरी गाडेको अवस्थामा फेला परेको छ ।

३२ वर्षीय शर्मा ७ दिनअघि गाडी सहित बेपत्ता भएका थिए । उनको शब हुलाकी राजमार्गमा पर्ने बारादशी गाउँपालिका र झापा गाउँपालिका बीच पर्ने बिरिङ खोलाको पुल मुनी गाडिएको अवस्थामा भेटिएको छ ।

उनले चलाउंदै आएको गाडि दुई दिन अघि झापाको मेचीनगर–१३ चारआली भद्रपुर रोड नजिकको हातेमालो सामुदायिक वनभित्र आगजनी गरिएको अवस्थामा फेला परेको थियो ।

उनका परिवारका अनुसार गत आइतबारदेखि शाह र गाडी दुबै सम्पर्कविहीन थिए। उक्त गाडीको अल्फाबेट नखुले पनि शाहले चढ्दै आएको गाडी नम्बर भने ७१९४ रहेको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाले घटना पश्चात खोजी कार्य जारी राखेको थियो । यसै क्र्रममा प्रहरीले दुई जनालाई प्रक्राउ गरेको छ । शाह थरका एक जना युवकलाई मोरंगबाट पक्राउ गरेको छ । उनलाई जोगमुनी नजिकबाट पक्राउ गरिएको हो । त्यस्तै अर्का एक जनालाई माइधारबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । पक्राउ परेका नातेदार भएको बताइएको छ ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु