इलामको देउमाईमा बोलेरो र मोटरसाइकल ठोक्किँदा १० जना घाइते

 निशान निराेैला , इलाम । इलामको देउमाई नगरपालिका–१, कुखुरेस्थित मेची राजमार्गमा बोलेरो र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार, मिति २०८२ साल कात्तिक १३ गते बिहान करिब १०:३० बजे, तेह्रथुमबाट झापा तर्फ जाँदै गरेको मे १ ज ३१३७ नम्बरको बोलेरो र इलामबाट पाँचथर तर्फ जाँदै गरेको प्रदेश १–०१–०१६प १३६७ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी चौकी रक्सेबाट प्रहरी निरीक्षक रोजन नेम्बाङको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घाइते १० जनालाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल इलाम पठाइएको इलाम प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक र बोलेरोमा सवार ९ जना गरी १० जना घाइते भएका छन्। बोलेरो चालक तेह्रथुम आठराई गाउँपालिका–२ निवासी २६ वर्षीय रबिन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बोलेरो सडकबाट करिब १० मिटर तल खसेको र निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। मोटरसाइकलका कागजात साथमा नभएको र बाटो अबरुद्ध नभएको समेत प्रहरीले बताएको छ। घाइतेहरुको विवरणः 1. सुशिला तिमल्सिना (३०), झापा बिर्तामोड–६ – भित्री चोट, बोल्न नसक्ने, अवस्था मध्यम। 2. छबीलाल गुरुङ (६५), तेह्रथुम आठराईत्रियुगा–१ – टाउको र घुँडामा चोट, अवस्था सामान्य। 3. प्रकाश शेर्पा (३०) – निधार र नाकमा चोट, अवस्था सामान्य। 4. डम्मर कुमारी गुरुङ (६४), ताप्लेजुङ आठराईत्रिवेणी–१ – अनुहारमा चोट, अवस्था सामान्य। 5. इन्द्र गुरुङ (३०) – अनुहारमा चोट, अवस्था सामान्य। 6. अञ्जना गुरुङ (२८) – बायाँ हातमा चोट, अवस्था सामान्य। 7. सुष्मा लिम्बू (३२), धनकुटा – बायाँ हातमा चोट, अवस्था सामान्य। 8. असिना तामाङ (२३), पाँचथर फालेलुङ–६ – निधारमा चोट, अवस्था सामान्य। 9. चन्द्रकला कालिकोटे (२७), झापा बुद्धशान्ति–४ – बाहिरी चोट नभएको, अवस्था सामान्य। 10. लक्ष्मी प्रसाद मैनाली (३६), पाँचथर हिलिहाङ–६ – मोटरसाइकल चालक, दाहिने हातको हत्केलामा चोट, अवस्था सामान्य। प्रहरीका अनुसार बोलेरो चालकको दाहिने गाला र खुट्टामा सामान्य चोट लागेको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु