प्रथम शंखाबुङ गोल्डकप २०२४ को फाईनल खेल सम्पन्न ।

माईजोगमाई गाउँपालिका–१ शंखाबुङमा आयोजित प्रथम शंखाबुङ गोल्डकप को फाईनल खेल २५ गते आइतबार समापन भएको छ। शंखाबुङ युथ क्लबको आयोजनामा कात्तिक १२ गतेबाट सुरु भएको यो प्रतियोगिता दर्शकको बाक्लो उपस्थितिमा सफलतापूर्वक सम्पन्न भएको हो।

समारोहको अध्यक्षता शंखाबुङ युथ क्लबका अध्यक्ष दिपेश निरौलाले गरेका थिए भने प्रमुख अतिथिको रूपमा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको उपस्थिति रहेको थियो। यसका साथै माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राई, वडा नं १ का वडाध्यक्ष याम कुमार कार्की, वडा सदस्य कल्पना रसाईली, भक्त चेमजोङ, वडा नं २ का सदस्य रमेश राई, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, शारदा आधारभूत विद्यालय शंखाबुङका प्रधानाध्यापक ढाकानाथ खतिवडा, माईजोगमाई खेलकुद विकास परिषदका पदाधिकारीहरु लगायत स्थानिय खेलप्रेमी र समाजसेवीहरूको बाक्लो उपस्थितिमा फाईनल खेल सम्पन्न भएको थियो।

फाईनल खेलको रोमाञ्चक समापन

फाईनल खेलमा एफएफसि घारेगाउँ र आयो गोर्खाली माईमझुवा बीच प्रतिस्पर्धा भएको थियो। खेलको पहिलो हाफको १० औं मिनेटमा आयो गोर्खालीका रजिन माझीले गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाए। तर, एफएफसि घारेगाउँका बिनोद धमलाले दोस्रो हाफको १५ औं मिनेटमा गोल गरेर खेललाई बराबरीमा ल्याए। खेलको अन्तिम समयमा, एफएफसि घारेगाउँका श्याम मुर्मुले एक गोल थप्दै आफ्नो टिमलाई २-१ को जित दिलाए।

पुरस्कार र सम्मान

फाईनल खेलको विजेता एफएफसि घारेगाउँले नगद रु. ३०,०००, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता आयो गोर्खाली माईमझुवाले नगद रु. २०,०००, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ। खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई पनि सम्मानित गरिएको थियो:

•सर्वाधिक गोलकर्ता: जोसेफ राई

•उदयमान खेलाडी: रियान लाप्चा

•उत्कृष्ट डिफेन्स: आयुस तिम्सीना

•उत्कृष्ट खेलाडी: झरण राई

•उत्कृष्ट गोलकिपर: सर्जन आङ्वो

यी सबैलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

अन्य कार्यक्रम र सास्कृतिक प्रस्तुति

खेलको अवसरमा भाग्यशाली चिठ्ठाको पनि आयोजना गरिएको थियो। यसका अतिरिक्त, हाडी फुटाउने कार्यक्रम र विभिन्न सास्कृतिक कार्यक्रमहरूको प्रस्तुति समेत गरिएको थियो। कार्यक्रमको प्रत्यक्ष प्रसारण माईजोगमाई खवरले गरेको थियो र कार्यक्रमको संचालन शंखाबुङ युथ क्लबका अरन्त निरौलाले गरेका थिए।

निर्णायक मण्डल

खेलको निर्णायक मण्डलमा लाकेल योल्मू, रन्जु योल्मू, उमेश राई, निमा लेप्चा र सोमछिरिङ लेप्चा रहेका थिए।

यो प्रतियोगिता शंखाबुङको युवा खेलकुदको क्षेत्रलाई नयाँ उचाईमा पुर्याउने एउटा महत्वपूर्ण कदम रहेको आयोजकहरुले बताए।

  • Related Posts

    विषेशः अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना

    टेक्सास । अमेरिकाको टेक्सास राज्यस्थित फोर्ट वर्थ शहरमा नेपाली स्वाद, संस्कृति र मसिनो मसलाको सुगन्ध फैलाइरहेका छन्, एक उर्जावान नेपाली युवा शेफ निश्चल ढुङ्गाना । सामान्य परिवारबाट उठेर अन्तर्राष्ट्रिय खाद्य…

    “बाटो पनि अधुरो, पानी पनि बन्द — मेहेलेका जनता प्यासै, विद्यालयसमेत संकटमा”

      ताप्लेजुङ २०८३ जेष्ठ १० ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं. ६ मेहेलेमा सडक निर्माणको नाममा भएको लापरवाहीका कारण स्थानीय बासिन्दा मात्रै होइन, विद्यालयसमेत गम्भीर खानेपानी संकटमा परेको छ। मेहेले भञ्ज्याङ…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    विषेशः अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना

    विषेशः अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना