फिदिम खानेपानी द्वारा देउसि भैलि खेलेर पाईप खरिद ।

अजेन्द्र वाईबा तामाङ
कार्तिक २६, पाँचथर
फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा बजेट रित्तिएपछि एक महिना अघि अबिरल वर्षा ले अवरुद्ध पारिएको पाईपलाईन निर्माण गर्न फिदिम खानेपानीले देउसि खेलेको छ।

फिदिम खानेपानीकाे आप्तेवा खाेला देखि आउने मुहान असाेज ८ गतेदेखि १२ गतेसम्म आएको अबिरल वर्षाको कारण आएको बाढी-पहिराेले विभिन्न ८ ठाँउमा पाइपलाईन बगाएपछी साे पाईप खरिद गर्नका लागि फिदिम खानेपानी द्वारा देउसिकाे आयोजना गरिएको थियोे । उठेको रकम जम्मा १०५४४०३ रुपैयाँमा खर्च कटाएर ६३३७० रुपैया गाेलाेवल इन्पेक्स धरानमा पाईप खरिद गरिसकेको छ।पाईप १० लाखकाे अडर गरेको फिदिम खानेपानीको अध्यक्ष प्रकाश गुरुङले जानकारी दिए।

स्थानीय सरकार फिदिम नगरपालिका द्वारा खानेपानीको निम्ति सहयोग प्राप्त नहुँदा झनै समस्या बढेको हो । फिदिम नगारपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले निर्वाचित हुनु खानेपानीको समस्या समाधान गर्ने आफ्नो प्रमुख एजेन्डा रहेको बताउदै आएका थिए । उनले आफ्नो घोषणा पत्रमा आफु निर्वाचित भएपछी ५० प्रतिशत सम्म महसुल छुट उपलब्ध गराउने उल्लेख गरेका थिए । तर हाल्सम्म पनि कुनै सहयोग समेत प्राप्त नभएपछि समस्या परेको फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष प्रकाश गुरुङले जानकारी दिए।

बजेट अभाव भएपछी हाल फिदिम बजार तथा आसपासका उपभोक्ताहरुले ठुलो सास्ती खेप्नु परिरहेको छ । जसमध्ये फिदिम नगरपालिका वडा नम्बर १,२ र ४ का २ हजार ६ सय ३३ घर धुरिलाई अहिले विभिन्न ९ ठाँउका खाेला खाेल्सिबाट ल्याएर बैकल्पिक रूपमा पानी खुवाईरहिएको छ। तर बैकल्पिक पानी ल्याइएता पनि अहिले खाेला खाेल्सि सुक्न थालेकोले थप समस्या हुने भएकोछ।

फिदिम खानेपानी अहिले संचालनमा रहेको ४ लाख ५० हजार लिटर क्षमताको मात्रै रिजर्भ ट्याङ्की रहेकोछ । यसलाई २४ लाख ५० हजार लिटर बनाउने लक्ष्य राखेर त्यही ट्यांकी भएको स्थानको जग्गा खरिदको लागि बैना समेत गरिएको अध्यक्ष गुरुङले बताए ।

३० लाख रुपैयामा १२ आना जग्गा किन्ने निर्णय भएको र सोहि बमोजिम १५ लाख रुपैयाँ दिईसकेको साथै बाकी १५ लाख दुई बर्ष भित्र दिने सहमतिमा साे प्रकृया अगाडी बढाइएको खानेपानी उपभोक्ता समितिका सह-सचिव डने शेर्पाले जानकारी दिए ।

गएको तिहारमा फिदिम खानेपानी उपभोक्ता समितिले मुहान तथा जग्गा किन्ने भन्दै देउसी भैलो कार्यक्रम समेत सञ्चालन गरेको थियो ।

उक्त देउसी भैलोबाट उठेको ८ लाख १९ हजार रकम मध्येबाट यो भन्दा अगाडी आप्तेवा मुहान क्षेत्रमा १२ आना जग्गा खरिद गरिसकिएको सह-सचिव शेर्पाले जानकारी दिए। देउसीबाट बचेको रकमलाई माथिल्लो गाउँमा किनिएको जग्गामा निर्माणको लागि लगानी गर्ने निर्णय भएको सनेत पनि शेर्पाले बताएका छन् ।

२०७९ सालको वैसाख १६ गते भएको अधिवेसनबाट निर्वाचित आफ्नो कार्यसमितिले ७ वटा नयाँ मुहान थप गरिसकेको, २४ घण्टा नै पानि वितरणको लागि परिक्षणको कार्य भईरहेको बेला अहिले समस्यामा परेको छ। १७ बर्ष पछी नयाँ कार्य समिति प्रकाश गुरुङको टिम आएपछी पानीको न्यूनतम महशुलमा बजार क्षेत्रमा ४५ रुपैया र गाउँ क्षेत्रमा ६५ रुपैया घटाएको साथै खानेपानी उपभोक्ता समितिको नाममा रहेको ऋण २० लाख समेत घटाउदै लगेको अध्यक्ष गुरुङले बताए ।

फिदिम खानेपानीले नगर भित्रकाे ३ वटा वडामा वितरित पानी २ हजार ६ सय ३३ घरधुरीले उपभोग गर्दै आइरहेका छन्

  • Related Posts

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न

    ‘बैशाख एक झापा नाटक घरमा भेट’ भन्ने स्लोगन का साथ नव वर्ष २०८३ को पहिलो दिन क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा झापा नाटक घर बिर्तामोड झापामा एउटा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न…

    निशुल्क एक दिने शिविर संम्पन्न

    अजेन्द्र वाइबा तामाङ चैत २८ पाँचथर फिदिम नगरपालिकाको आयोजनामा तथा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी प्रा.लि., विराटनगरको प्राविधिक सहयोगमा टाउको, नसा तथा मुटुरोग सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न