
अजेन्द्र वाईबा तामाङ
मंसिर ७,पाँचथर
पाँचथरको फिदिममा तीनदिने निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ। फिदिम नगरपालिकाको आयोजना तथा मेची आँखा अस्पताल झापाको सहकार्यमा यहि मंसिर ८ गतेदेखि १० गतेसम्म शिविर सञ्चालन हुन लागेको हो।
जिल्ला अस्पताल पाँचथर फिदिममा सञ्चालन हुने उक्त शिविरमा आँखासम्बन्धी समस्या भएका नागरिकलाई घरदैलोमै सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य राखिएको फिदिम नगरपालिकाका नगर प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिनुभयो।
शिविरमा आँखासम्बन्धी विभिन्न समस्या भएका बिरामीको परीक्षण तथा उपचार गरिनुका साथै आवश्यकताअनुसार शल्यक्रियासमेत गरिने छ।
आँखासम्बन्धी समस्या भएका फिदिम नगरपालिका तथा आसपासका क्षेत्रका नागरिकलाई शिविरमा सहभागी भई सेवा लिन नगरपालिकाले आग्रह गरेको छ।
थप जानकारी र नाम टिपाउनका लागि सम्पर्क नम्बर
ओमप्रकाश यादव (स्वास्थ्य शाखा प्रमुख) : ९८१५७२९२२५
सुजन पुरी (नगर प्रहरी प्रमुख) : ९८५२६८१०५२
कोरियामा रहेका नेपालीद्वारा क्यान्सर पीडितलाई ६५ हजार १५० रुपैयाँ आर्थिक सहयोग
अजेन्द्र वाईबा तामाङ मंसिर ३ बुधबार पाँचथर पाँचथरको फिदिम नगरपालिका–१ साप्राङ निवासी ६२ वर्षीया असली लिम्बूलाई दक्षिण कोरियामा रहेका नेपालीहरूले आर्थिक सहयोग गरेका छन्। विगत तीन महिनादेखि घाँटीको क्यान्सरबाट पीडित…

