कोरियामा रहेका नेपालीद्वारा क्यान्सर पीडितलाई ६५ हजार १५० रुपैयाँ आर्थिक सहयोग

अजेन्द्र वाईबा तामाङ
मंसिर ३ बुधबार पाँचथर
पाँचथरको फिदिम नगरपालिका–१ साप्राङ निवासी ६२ वर्षीया असली लिम्बूलाई दक्षिण कोरियामा रहेका नेपालीहरूले आर्थिक सहयोग गरेका छन्।
विगत तीन महिनादेखि घाँटीको क्यान्सरबाट पीडित भई विराटनगरस्थित नोबेल अस्पतालमा उपचार गराइरहनुभएकी लिम्बूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले कोरियामा रहेका नेपालीहरूबाट ६५ हजार १५० रुपैयाँ संकलन गरिएको हो।
हुलाक लाइन युवा क्लबको समन्वय तथा हाल दक्षिण कोरियामा रहनुभएका दुर्गा सारू मगरको पहलमा संकलन गरिएको उक्त रकम बिरामीका छोरा कमल लिम्बूलाई हस्तान्तरण गरिएको छ।
फिदिम बजारस्थित आँगन होटलमा हुलाक लाइन युवा क्लबका अध्यक्ष सूर्य नेम्वाङसहित क्लबका सम्पूर्ण टोलीको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको हो।
यस सहयोग अभियानमा दक्षिण कोरियामा रहनुभएका २५ जना नेपालीले आफ्नो तर्फबाट आर्थिक सहयोग गर्नुभएको थियो।
सहयोग रकम हस्तान्तरण गर्दै हुलाक लाइन युवा क्लबले सहयोग गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई धन्यवाद व्यक्त गरेको छ। साथै, क्यान्सर रोगसँग संघर्ष गरिरहनुभएकी असली लिम्बूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।

  • Related Posts

    सहिद देवकुमार आचार्य डी .काैडिन्य स्मृति काेष स्थापना,बिद्यार्थी बिच चित्रकला प्रतियोगिता सम्पन्न

    अर्जुन निराैला अर्जुनधारा। नेपाल शिक्षक संगठन अर्जुनधारा नगर समितिको आयोजनामा शहीद देवकुमार आचार्य ‘डी. कौडिन्य’ स्मृति कोष स्थापना तथा अन्तरविद्यालयस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। नेपाल शिक्षक संगठन अर्जुनधारा नगर…

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    कोरियामा रहेका नेपालीद्वारा क्यान्सर पीडितलाई ६५ हजार १५० रुपैयाँ आर्थिक सहयोग